Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

‘सुपर सिडर’ प्रविधिले घटाउँदै किसानको लागत

तराई क्षेत्रमा धान र गहुँ खेती गर्ने किसानले धान, गहँु स्याहारेपछि बाँकी रहेका परालमा आगो लगाउने प्रचलन रहेको छ । यसरी खेतमा आगो लगाउँदा मल हुने खेत पनि सफा हुने किसानको विश्वास छ । कतिपय किसानहरूले धान, गहुँलाई प्राविधिको प्रयोग गरी कम्बाईन हारभेष्टरको प्रयोग गरी काट्ने समेत गरेको पाइन्छ । यसरी काटेको धान, गहुँको ठुटा, नल आधा भन्दा बढि खेत मा नै हुने गर्दछन् । जसलाई किसानले जलाउने गरेको पाइन्छ ।     

यसरी किसानले पटक पटक धान, गहुँको नल, परालका ठुटा जलाउने गरेको कराण यसबाट हुने प्रयावरणीय असरलाई कम गर्न रूपन्देहीमा नयाँ प्रविधिको प्रयोग सुरुवात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाई भैरहवाले आधुनिकि प्रविधि भित्र्याएको हो ।

परियोजना कार्यान्वयन एकाई भैरहवा प्रमुख नारायण प्रसाद काफ्लेका अनुसार बाँझो जनिममा रहेको नल सहितको एकै पटक जोतेर मेसिनबाट नै गहुँ छर्ने प्रविधि रूपन्देहीमा भ्यिाईएको हो । ‘सुपर सिडर’ नामा दिइएको यो प्रविधिमा किसानले पटक पटक खेत जोत्नुपर्ने बाध्यता रहदैन । एकै पटकमा बाँजो जनिमा ट्याक्टरको सहायतले सुपर सिडर मार्फत गहु छर्ने, बाँकी रहेका नल, पराल काट्ने, गहुँ छनेए र रोटाबेटरको काम पनि एक पटक हुन्छ ।

परियोजना कार्यान्वयन एकाई गहुँको सुपर जोनको रूपमा घोषणा गरेको रुपन्देहीको सम्मरीमाई गाउँ पालिकामा यसको प्रयोग गरेको छ । परिक्षण प्रयोग मार्फत यसलाई बिस्तार गर्न सकेमा किसानको आधा भन्दा बढि समय, लागत समेत आधा भन्दा कम हुने अपेक्षा लिइएको परियोजना कार्यान्वयन एकाई प्रमुख काफ्लेको भनाइ छ । उनी भन्छन्–‘अहिले लाई यो प्रविधि हामीले किसानलाई नमुनाको रूपमा सिकाईरहेका छौ, यसको अझबिस्तार गर्न आवश्यक छ ।’

सुपर सिडले करिब २५ देखि ३० सेन्टीमिटर लामो सम्मको नललाई काटेर मसिनो बनाएर माटोमा मिलाउँछ । जसबाट माटोमा नै कुहिएर मल बन्छ । परियोजनाका कृषि ईन्जीनीयर छवि डाँगी क्षेत्रिका अनुसार सुपर सिडमा लागेको रोलर चराबाट समेत जोगाउने बताए । नल र जरामा रहेको न्युट्रेसन माटोमा मिल्न जाँदा उत्पादनमा समेत बढोत्तर आउने उनको उनको भनाई रहेको छ । किसानले एकै पटक गहुँको बीऊ, मल सुपर सिडरमा राख्छन् । यसरी राखेको मल, गहुँको अनुपात मिलाएर एकै पटकमा मेसिनले बाँझो जमिन जोत्दै, त्यहाँ विउ छर्दै, रोटाबेटरले बीउलाई माटोमा मिलाउँदै जान्छ, जसले गर्दा पटक पटक माटो जोत्नुपर्ने, विऊ छर्नुपर्ने, रोटा बेटर लगाउनुपर्ने झन्झटबाट मुक्ती पाउँछन् ।

गहुँ जोनमा पछिल्लो समयमा किसानलाई नविनतम प्रविधिको विषयमा समेत किसानलाई जानकारी गराउँदै गइएको परियोजनाले जनाएको छ । जसको लािग किसानलाई उच्च प्रोटिन युक्त गहुँको विऊ छर्ने काम अहिले भैरहेको हो । रूपन्देहीमा ५ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती सुरुवात गरिएकोमा २ बर्षमा १२ सय ६८ हेक्टर क्षेत्रफलमा अहिले गहुँ जोन बिस्तार भएको हो ।

मर्चवारी क्षेत्रमा करिब ८ हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ । सबै गहुँ खेती गर्ने किसानले सुपर सिडरको प्रयोग गर्न सकेमा यसबाट उत्पादन लागतमा समेत कमी आई उत्पादकत्व समेत बृद्धि गर्ने कृषि प्राविधि सौरज विश्वकर्मा बताउँछन् । उनका अनुसार किसानले कम लागतमा बढि भन्दा बढि उत्पादन गर्न सकेमा मात्रै प्रतिफल राम्रो पाउने छन् ।

#castbutwal today daily

© 2026 krishipatra All right reserved