Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

सत्यवतीका उत्पादन अब बुटवल बजारमा

बुटवल , असार ।- गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको स्थानीय, रैनाथे उत्पादन अव बुटवलमा पाईने भएको छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नेगरी विशेष छुटमा उपलब्ध गराएको व्यवसायीक सटरमा अव गुल्मी सत्यवतीका कृषि जन्य उत्पादन विक्रि वितरण हुने छन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपज विक्रि केन्द्रको शुभारम्भ गरिएको हो । ल्हुम्पेकी कृषि बहुउदेश्य सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सत्यवती गाउँपालिका गुल्मीको सहयोगमा विक्रि केन्द्रको शुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा भएको विक्रि शुभारम्भ कार्यक्रममा प्रदेश सांसद चिन्दामणी पाण्डे, अर्का सांसाद यमु गैरे, पालिका उपाध्यक्ष निरमायाँ तरामु, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष गोपाला भुषाल(घनश्याम), वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने लगायतले बोलेका थिए ।


कुल १२ हजार रुपैयाँ सटर भाडा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको सटर नम्बर २८ मा सत्यवती गाउँपालिकाको कृषि जन्य उत्पादन विक्रिका लागि बजार सञ्चालक समितिले ३ हजार रुपैयाँ छुट गरी ९ अजार रुपैयाँमा उपलब्ध गराएको बजार व्यवस्थापक राम बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले ३ वटा जिल्लाका किसानको उत्पादन विक्रिका लागि विशेष छुटमा सटर भाडामा उपलब्ध गराएको छ ।
जसमा रोल्पाको किसानको लािग सटर नम्बर २३ (क), बुटवल १५को जैविक कृषि उपज सहकारी समुहको लागि २३(ख) र गुल्मी सत्यवतीको लागि सटर नम्बर २७ उपलब्ध गराइएको हो ।

 

© 2026 krishipatra All right reserved