Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त

काठमाडौँ,- नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा‍. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ।

गत जेठ १८ गतेदेखि लानुहुने हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुँदै प्रमुख हुनुभएको हो । डा। रेग्मी सँग ग्रामीण तहमा किसान सँग काम गरेको लामो अनुभव रहेको छ ।
डा. रेग्मी २० वर्षअघि नै सरकारी जागिरे छदा उत्कृष्ट कर्मचारीको सिफारिसमा पर्नुभएको थियो । नेपालको गरिबी निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य भेटाउन लागि सहयोगी निकाय हुने डा। रेग्मीले बताउनुभयो। उहाँले नेपाल दूध र मासुमा आत्मनिर्भर भएको र अबका दिनमा साना तथा सीमान्तकृत किसानको क्षमता विकासमा साना किसान मुखी नीतिमा पैरवी गरिने बताउनुभयो ।

पशुपालनका अतिरिक्त हेफर इन्टरनेशनल नेपालले अहिले अदुवा बेसार जस्ता मसलाजन्य बालीको उत्पादन र प्रशोधनमा काम गरिरहेको छ । नेपालको गरिबी निवारणका लागि साना किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी बनाइने लक्ष्य छ । १२५ देशका करिब पौन चार करोड परिवारमा सँग हेफर इन्टरनेशनल संस्था जोडिएको छ ।

© 2026 krishipatra All right reserved