Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट

बुटवल । जेठ ।
बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।
नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका, कुखुराको मासु विक्रिगर्ने पसलमा बाख्राको मासु काटेर बेच्ने गरेको पाइएको छ ।
महिनौ सम्मपनि डि फ्रिजमा मासु कुहाएर राख्ने गरेको समेत अनुगमन टोलीले फेला परेको हो । नेपालगञ्ज रोडमा रहेको अकवाल मासु पसल र नजिकै रहेको अर्को अकवाल मासुलपसल २ मा बाख्राको मासुलाई खसी बोकाको भनेर बिक्रि गर्न राखेको अवस्थामा अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सोही स्थानमा रहेको जावेद मासु पसलमा गरेको अनुगमानबाट ५७ किलो कुहिएको र बाख्राको मासु नियनत्रणमा लिएर नष्ट गरिएको छ ।


बुटवल–उपमहानगरापलिकाका योजना तथा अनुगमन महाशाखा प्रमुख तुलसा आर्याल, अनुगमन अधिकृत ठगिश्वर पोखरेल, मासुव्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नाारनयण बहादुर जिसी, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसी सहित बुटवल उपमहानगरपालिका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडे लगायतको टोली अनुमगनमा सहभागी रहेको थियो ।
नगरपालिका योजना तथा अनुगमन महाशाखा अधिकृत ठगीश्वर पोखरेलका अनुसार आईतबार कुल ११ वटा मासु पसलमा अनुगमन गरिएको छ । ति पसलबाट सडेगलेको अवस्थमा कुल ७५ किलो मासु र ४ किलो शसेज नियन्त्रणमा लिएर नगष्ट गरिएको छ । बुटवल देवीनगरमार हेको न्यू पुजा मिट सपले दर्ता विना नै पसल सञ्चालन गरेको पाइएको थियो भने राजमार्ग चौराहमा रहेको रेहेमान मासु पसलमा नगरपालिकामा दर्ता नभएको पाइएको थियो ।

नगरपालिकाको वातावारण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले पहिलो पटक मा मासु पसलमा कैफियत देखिएकोले सुधारका लागि र विना दर्ता लाई दर्ताका लागि अग्रह गरिको जानकारी दिईन । यदी दोस्रो पटक वा पटक पटक नियम उलंघन गरेका कडा भन्दा कडा कारवाहीका लागि नगरपालिका पछि नपर्ने उनको भनाई रहेको छ । उनी भन्छिन्–‘पहिलो पटक सचेत गराएर छाडीएको छ, अव भने कडा भन्दा कडा कारवाही जरिवाना गरिने छ । ’


मासु व्यवसायीहरुले कुखुराको केज नै बाहिर बाटोमा राखेर दुगन्ध फैलाउने काम भएको भन्दै नगरभित्र पशुपंक्षिको मासु विक्रि गर्ने जो कोही पसले कुखुरा, परेवा, हाँस वा अन्य पंक्षिको केज घर भित्र नै व्यवस्थापन गर्न आग्रह गरेको छ । यदी त्यसो नभएको पाइएमा कारवाही गरिने समेत नगरपालिकाले सूचित गरेको छ ।

© 2026 krishipatra All right reserved