Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

सकियो कृषि मेला :२० लाखको कारोबार २५ हजारले गरे अवलोकन

बुटवल, फागुन ।
यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला–२०७९ शनिबार सकिएको हो ।
पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेला भित्र २० लाखको कारोवार भएको संघका अध्यक्ष तथा मेलाका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
मेलाको समापन गर्दै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताउनु भयो । कृषिको विकास विना मुलुकको आर्थिक विकास सम्भव नभएको बताउँदै उहाँले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशिल बनाउने गरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको बताउँदै कृषिको विकासको लागि नगरपालिकाले ठूलो योजना बनाएको बताउँदै उक्त योजना पुरा गर्नको लागि सबैको साथ र सहयोगको लागि आग्रह गर्नुभयो । उहाँले त्यस बाहेक पनि कृषिको व्यवसायिक विकासको लागि नगरपालिकाको तर्फबाट के गर्न सकिन्छ सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघले २०६२ सालदेखि मियमित रुपमा कृषि मेला सञ्चालन गर्दै बताउनु भयो । नेपालको कुल जनसंख्याको करिव ६५ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको उहाँको भनाई छ ।

मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जमशेर अली मिया, कृषि विकास निर्देशनालय बुटवलमा निमित्त प्रमुख रामप्रसाद पाण्डे, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम न्यौपाने लगायतले भनाई राख्नु भएको थियो ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथम पोर्क फेष्टिवल’ समेत आयोजना गरिएको गरिएको थियो । पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिएको थियो । त्यस्तै कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल र दुग्धपान प्रतियोगिता तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ ।
 गुप्ता नर्सरी उत्कृष्ट
बुटवलको बालमन्दिर परिसरमा सञ्चालन गरिएको एघारौं संस्करणको कृषि मेलामा गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ । स्टलतर्फ तिलोत्तमा ४ रुपन्देहीको गुप्ता नर्सरी सर्बोत्कृष्ट भएको छ भने मनमित श्री ट्रेडिङ भैरहवा प्रथम, जैविक कफि तथा मसला प्रशोधन उद्योग ठूला पोखरा अर्घाखाँची द्वितीय, जलदेवी मत्स्य उत्पादन सहकारी सियारी रुपन्देही तृतीय, बुटवल कृषि प्रशोधन उद्योग बुटवल सान्त्वना र चाईनिज बार्बीक्यू रेष्टुरेन्ट बुटवलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै प्रविधि तर्फ नेचुरल दुना टपरी बुटवल प्रथम, भैरव च्याउ उद्योग पाल्पा द्वितीय, लुम्बिनी च्याउ भण्डार रुपन्देही तृतीय र संघर्ष कृषि तथा पशुपंक्षी फार्म देवदह सान्त्वना भए । त्यस्तै बालि तर्फ उपेन्द्र बहादुर शाही बाणगंगा कफिलबस्तु प्रथम, प्रेमबहादुर पाण्डे बाणगंगा कपिलबस्तु द्वितीय, रोषनबहादुर थापा सिद्धार्थनगर रुपन्देही तृतीय र पाण्डे ब्रदर्श एग्रो फार्म देवदह रुपन्देही सान्त्वना भएको मुल्यांकन तथा पुनरावलोकन समितिका संयोजक संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

© 2026 krishipatra All right reserved