विषादी के हो
विषादी भनेको विष हो, औषधि होइन । अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा नेपालमा कम मात्रामा विषादी प्रयोग भएको पाइन्छ । एसियाको मात्र कुरा गर्ने हो भने सबैभन्दा न्यून मात्रामा विषादी प्रयोग गर्ने राष्ट्रमा हामी पर्छौँ ।
नेपालमा विषादी उत्पादन गर्ने कुनै कारखाना छैन । भारत, चीन, जर्मनी, अमेरिका, बंगलादेश लगायत बाट विषादी आयात भइरहेको छ ।
तरकारीमा सवैभन्दा वढी प्रयोग
कृषिमा सबैभन्दा बढी व्यावसायिक भएको क्षेत्र तरकारी हो । जुन बालीमा व्यवसायीकरण हुन्छ, त्यसमा कृषकले आफ्नो बाली जोगाउन विषादी प्रयोग गर्छ । किनभने, व्यवसायीकरणका माध्यमबाट गरेको खेतीमा नाफा कमाउने उद्देश्य राखिन्छ । नाफाका लागि बाली संरक्षण गर्न किसानले विषादी प्रयोग गर्ने गरेका छन् ।
नेपालमा—
आर्थिक वर्ष ०७०–०७१ मा १ अर्ब ७१ करोड
०७१–७२ मा २ अर्ब १ करोड र
०७२–७३ मा आयात बढेर २ अर्ब १४ करोड
आर्थिक वर्ष ०७३–७४ मा २ अर्ब ६१ करोड र
०७४–७५ मा २ अर्ब ५१ करोड रुपैयाँको विषादी आयात भएको थियो ।
नेपाल आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ । १५ प्रतिशत विषादी मात्र अरू बालीमा प्रयोग हुने गरेको छ । यसर्थ, खाद्यान्न धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा न्यून विषादी प्रयोग हुने भएकाले आम नेपाली सुरक्षित छन् भन्न सकिन्छ ।
नेपालमा विषादीको प्रयोग
ब्यावसायिक तरकारी खेती जहाँ जहाँ छ ती ठाउँमा वढी प्रयोग भएको पाइन्छ । धादिङ, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, सर्लाही, भक्तपुरलगायतका जिल्लामा विषादीको प्रयोग धेरै पाइएको छ । अन्य जिल्लामा भने यसको कम प्रयोग पाइएको छ । यी जिल्लाहरूमा दीर्घरोगका बिरामीहरू धेरै नै देखा परेपछि किसानहरू सचेत हुन थालेका छन् । उनीहरू विषादीको सट्टा जैविक मल, गहुँत, गाउँघरमै पाइने झारबुटीको प्रयोग गरी यस्ता हानिकारक विषादी कम गराउने अभियानमा पनि छन् ।
विषादीको प्रयोग किन गर्नु हुँदैन ?
› छालामा एलर्जी हुन्छ ।
› आँखा पोल्छ ।
› रिंगटा लाग्छ ।
› वाकवाकी लाग्न थाल्छ ।
› टाउको दुख्छ ।
› पेट दुख्छ ।
› कमजोरी हुन्छ ।
› विषादी छाला, आँखा, श्वासप्रश्वासका माध्यमबाट तथा विषादी प्रयोग भएका खानेकुराको सेवनबाट शरीरभित्र प्रवेश गर्छ ।
›कतिपय विषादीले गर्भावस्थामै र दूधबाट पनि बच्चाको शारीरिक र मानसिक विकासमा असर पार्छ ।
› लामो समयसम्म विषादीको संसर्गमा आएपछि छाला, फोक्सो, पित्तथैली सहितका विभिन्न क्यान्सर हुने सम्भावना बढ्छ भने उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिने गरेको अध्ययनहरूले प्रमाणित गरिसकेका छन् ।
› विषादीकै कारण प्रजनन क्षमतामा ह्रास आउने समेत देखिएको छ ।
› विषादीले वातावरणमा पार्ने असर पनि उत्तिकै डरलाग्दो छ ।
› हामीले सास फेर्ने हावालाई दूषित बनाउँछ,
› प्राकृतिक रूपमा फाइदा पु¥याउने जीवहरूलाई नष्ट गर्छ ।
› पानीका मुहान दूषित पार्छ ।
› अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोगले माटोको उर्वरा शक्ति ह्रास गर्छ ।
› रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी कीरालाई तत्काल असर गर्छ, मार्छ,
भारतमा गरिएको एक अध्ययन अनुसार सुत्केरी आमाको दुधमा परीक्षण गर्दा युरियामा पाइने किटनाशक पाइयो । जसवाट क्यान्सर, डायविटिज, प्रेसरजस्ता रोगहरु वढेको देखियो । यो अध्ययनवाट प्राप्त निष्कर्ष हो ।
विषादी मात्र हैन, रासायनिक मल पनि घातक ः
› रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वनस्पतिक चक्र्रमा प्रतिकूल असर
› रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ ।
› जैविक तत्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुन्छ ।
› शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्छ र तिनलाई नियन्त्रण गर्ने क्रममा कडा विषादीको प्रयोेग वढाउँदै जानुपर्छ ।
जैविक वानस्पतिक विषादी के हो ?
प्राकृतिक श्रोतहरु मिसाई बनाइएको झोल वा जिवित सुक्ष्म जिव प्रयोग गरी रोग किराहरुको रोकथाम गर्ने विधिनै जैविक विधि हो । जैविक विधिले रोगकिराबाट बालीलाई बचाउनुका साथै मानव स्वास्थ्यको पनि सुरक्षा गर्छ ।साथै यसले शत्रुजीवको प्रभाब घटाई मित्रजीवको संरक्षण गर्दछ ।
अर्थात् जैविक वानस्पतिक विषादी भन्नाले शत्रुजीव आकर्षण गर्न, भगाउन तथा मार्न अथवा घरायसी प्रयोजनका लागि प्रयोग गरिने बानस्पतिक तथा जैविक श्रोतबाट उत्पादित, ठोस,ग्यास वा तरल पदार्थलाई जनाउँछ ।
यो अलि झन्झटिलो हुन्छ । उत्पादन कमी हुने र महंगो पर्ने विश्वास गरिन्छ । तर शत्रुजिवको कम भएपछि यसले फाइदा ज्यादा गर्छ ।
जैविक खेती के हो ?
विषादी लगायत हानिकारक तत्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्वको प्रयोग हुँदैन । आफ्नै परिवेशमा पाइने वनस्पति, जडीबुटी तथा अन्य वस्तुबाट जैविक खेतिका सामग्री तयार पारिने हुँदा यी सामग्री जीवनका लागि हानिकारक नभई लाभदायक हुने गर्छन् । तर रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो । जो जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई बाँच्नका लागि खाना, पानी र हावा चाहिन्छ , त्यसलाई जीव भनिन्छ । त्यसैले विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो ।
जैविक विषादीबाट के फाइदा हुन्छ ?
ड्ड जैविक, वानस्पतिक वा घरेलु विषादीले हानिकारक कीरालाई नमारी तिनको सङ्ख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ । यसरी व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित हुन्छ ।
ड्ड गोबर मल, कम्पोस्ट मल, गँड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ ।
ड्ड तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ ।
ड्ड संसारका ९० प्रतिशतभन्दा बढी कीरा फाइदाजनक हुन्छन् । तिनीहरू मांसाहारी हुन्छन् र हानिकारक कीरा खाएर बाँच्छन् ।
ड्ड प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे थाहा भएर पनि तत्काल र धेरै नाफा लिने नाममा अत्यधिक र अव्यवस्थित रूपमा विषादी प्रयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिनुपर्छ ।
हाम्रो समस्या नीतिमा हैन, कार्यान्वयनमा ः
जीवनाशक विषादी नियमावली २०५०
प्राङ्गारिक तथा जैविक मल नियमन कार्यविधि २०६८
जैविक वानस्पतिक विषादी उत्पादन,प्रयोग तथा अनुदान निर्देशिका २०७४ कृषि मन्त्रालयले जारी गरेको थियो ।
१ नं. प्रदेशले जैविक तथा वानस्पतिक विषादीको प्रयोग तथा विस्तार कार्यविधि २०७५
प्रायः हरेक वर्षका वजेटमा विषादीबाट मानव स्वास्थ्यमा पर्ने असरलाई न्युनिकरण गर्नेवारे उल्लेख भएको हुन्छ ।
हाम्रो उद्घेश्य
ड्ड जैविक वानस्पतिक विषादीको उपलब्धता बृद्घि गर्नु
ड्ड जैविक वानस्पतिक विषादी उत्पादन र प्रयोगमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नु
ड्ड रासायनिक विषादीको विकल्पमा सुरक्षित विषादीको प्रयोग गर्नु ।
जैविक विषादि बनाउने तरिका
गोमुत्रमा अरु स्थानीय वनस्पति वा जडीबुटि प्रयोग गरेर जैविक विषादि बनाउन सकिन्छ ।
तरिका
गहुँत वा मानिसको पिसाबलाई मुख बन्द गर्न मिल्ने भाँडोमा जम्मा गर्ने ।
वनस्पतिहरु के के प्रयोग गर्ने ः
› नीमको पात वा असुरो
› बकाइनोको पात,
› वनमारा
› तीतेपाती
› बोझो
›आकासबेलीको पात
› राजबेलीको पात
› सूर्ती
› बकाइनो
› लसुन,
› अकबरे खुर्सानी,
सामान्यतः पशुले नखाने वनस्पति विषादी हो अर्थात् विषाद िबनाउन हुन्छ भनेर बुझ्दा हुन्छ ।
यसका लागि प्लास्टिकको, मुख बन्द गर्न मिल्ने भाँडो वा ड्रमको प्रयोग गर्न सकिन्छ । यसमा
सानो सानो टुक्रा पारेर राख्ने ।
गहुँत वा पिसाबमा यी सबै वनस्पतिलाई राखेर चलाउने । अनि बेस्सरी बिर्को बन्द गर्ने । यो मिश्रणलाई दिनको एकपटक चलाउने गर्नुपर्छ । तीन देखि चार हप्तासम्म यो मिश्रणलाई हरेक दिन चलाउनुपर्छ । तीन हप्तापछि यो मिश्रणलाई जैविक विषादि वा झोल मलका रुपमा विरुवामा प्रयोग गर्न सकिन्छ ।
यो जैविक विषादि वा झोल मललाई विरुवामा प्रत्यक्ष वा माटोमा प्रयोग गर्न सकिन्छ । माटोमा प्रयोग गर्दा यसले उर्बरा शक्ति बढाउँछ । विरुवामा प्रयोग गर्दा भने यसको गन्धले शत्रु किरा भाग्छ, बोटमा बस्दैन । यसले गर्दा विरुवालाई कुनै किराले दुःख दिन पाउँदैन ।
विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।
यसको अर्थ यहीनै ठिक्क मात्रा हो भन्ने हैन । जसरी रासायनिक किटनाशक औषधि क्रमसः वढाउँदै लग्नुपर्छ त्यसरीनै यसलाई पनि वढाउनुपर्छ । औषधिको क्रमिक प्रयोगले किराहरुको प्रतिरोधात्मक शक्ति वढ्दै जान्छ ।
जैविक विषादी वा मल किन प्रयोग गर्ने –
बालिलाई बचाउन
रोग किरा लाग्न नदिन
लागि सकेको रोग किरा हटाउन
रासायनिक औषधिको प्रयोग नगर्न
सिंचाई गर्न
हाल प्रयोगमा नहुनुको कारण ः
वैकल्पिक अर्थात् जैविक तथा वानस्पतिक विषादीहरु सर्वसुलभ नहुनु
रासायनिक विषादीको न्यूनीकरणका लागि प्रचारात्मक कार्यक्रम नहुनु
वैकल्पिक प्रविधिहरुको प्रभावकारी प्रचारप्रसार नहुनु
विषादी नराखेसम्म केही पनि उत्पादन हुँदैन भन्ने मानसिकता हुनु
आफ्नो ज्ञानप्रति विश्वास नहुनु
वजारवाट किनेर लग्ने सहज ब्यवस्थापनको विकल्प नहुनु
यसरी हुन्छ समाधान ः
हालसम्मका सरकारी नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।
उत्पादन तथा हाल प्रयोगमा ल्याइएको बानस्पतिक विषादीको ल्याब परीक्षण गरिनुपर्छ ।
मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार गर्नुपर्छ ।
उपभोक्ताको मनोविज्ञानमा परिवर्तन ल्याउनुपछ । जस्तै
विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका हुन सक्छन् जुन सामान्यत ः उपभोक्ताले किन्दैनन् ।
अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र माग अनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ ।
तत्काल जैविक वानस्पतिक विषादीको प्रयोगबाट उत्पादन वढ्दैन बरु घट्छ त्यसैले केही समयका लागि अनुदानको ब्यवस्था हुनुपर्छ ।
वानस्पतिक विषादी मल पनि हो त्यसैले यसको प्रयोगले रासायनिक मलको आयात घट्छ भन्ने कुरा हेक्का राख्नुपर्छ ।
सरकारले अनुदान दिई यसको प्रयोग गर्नका लागि ब्यावसायिक किसानलाई अभिप्रेरित गर्नुपर्छ ।
अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न बजारीकरणमा पालिकाहरुले सहयोग गर्नुपर्छ ।
सरकारले सहकारीलाई यस्ता विषयमा निर्देशन गर्नसक्छ । त्यसो हुँदा जागरण ल्याउन सहज हुन्छ ।
सामुदायिक वन उपभोक्ता समुहहरुले यो अभियानमा सहयोग पुर्याउन सक्छन् ।
पालिकाहरुले टोल विकास समितिहरुलाई यसवारेमा सहजीकरण गर्ने वा निर्देशन दिन सक्छ । प्रोत्साहनका लागि समुहलाई पुरस्कृत गर्ने परम्परा बसाल्दा उपभोक्ता स्वयं जागरुक हुने अवस्था आउँछ ।
खानेपानी तथा सरसफाई अभियान्ताहरुले यो अभियानलाई सार्थक बनाउन सक्छन् ।
उपभोक्ता हित संरक्षण मञ्चले विद्यालय वा अन्य समुहमार्फत् पनि यो अभियानलाई लैजान सक्छ ।
समग्रमा सरकारका तीनै तह, सरकार अन्तर्गतका जन समुह वा निकाय सवैले यसलाई चासो दिने हो भने यसले केही समयमै सार्थक पाउन सक्छ ।
जहाँ थोरै जग्गा हुन्छ त्याँहा यो सफल हुन्छ किनकि थोरैबाट धेरै आम्दानी गर्नुपर्ने हुन्छ । यस अर्थमा बुटवल र यसको आसपास सम्भावनायुक्त क्षेत्र हो । गौतमवुद्घ अन्तर्राष्ट्रिय एयरपोर्टका कारण निर्यात गर्न सकिने अपार सम्भावना छ । यसलाई हेरेर पनि यसमा लाग्नै पर्ने अवस्था देखिन्छ ।
उपभोक्ताको रोजाइको मनोविज्ञानले विषादीको प्रयोगलाई प्रोत्साहित गरिरहेको हुन्छ । विषादीको प्रयोग घटाउन र प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्न अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचलाई घचघच्याउन जरुरी छ ।
काठमाण्डौका एक जना लामाले अर्गानिक उत्पादन गर्न थालेपछि घरेलु बजारमात्र हैन हाल जर्मनी, अमेरिका, सिङ्गापुर, रुस लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत उत्पादनको करिब ३० प्रतिशत निर्यात गर्ने गरेको लामाको भनाइ छ ।
एउटा उदाहरण भारतको ः
भारतको कर्नाटक र महाराष्ट्रमा युरियावाट भन्दा गोवरबाट धेरै उत्पादन हुने गरेको तथ्य पाइएको छ । उनीहरुले गरेको अध्ययन अनुसार युरियाको प्रयोग गर्दा एक एकड जमिनमा २० देखि २५ क्वीन्टल उँखु हुन्थ्यो भने गोवरको प्रयोग गर्दा ९० क्वीन्टलसम्म पुग्यो ।
त्यस्तै १२ क्वीन्टल गहुँ हुने एक एकड जग्गामा २० देखि २२ क्वीन्टल भयो भने २.५ क्वीन्टल कपास हुने ठाउँमा ७ क्वीन्टल भयो । यो तथ्यले गोवरकै प्रयोगवाट उत्पादनमा बृद्वि भएको देखाउँछ । खेतीका लागि शत्रु जीव र मित्र जीवको ठूलो अर्थ छ । विषादीको कुरै नगरौं रासायनिक मलले पनि मित्र जीवलाई मार्ने गर्छ ।
अर्थात् गोवर जीवजन्तुको लागि खाना हो भने युरिया विष हो । गड्यौला मल आजभोलि अति प्रयोगमा छ । त्यो साच्चैनै उपयोगी छ । तर, गड्यौलालाई हातमा राखेर त्याहाँ युरिया राखिदिने हो भने ती मर्नेछन् । यसरी युरियाको प्रयोगले करोडौं गड्यौलाहरु मर्ने गरेका छन् ।
कृषि वैज्ञानिक सुभाष पालेकरको जीरो वजेटमा खेती भन्ने नारा छ यहाँ ।
https://www.youtube.com/watch?v=vpjiFA3I26U
https://www.youtube.com/watch?v=q9MVQm5SIfw
भारतमा सिक्किमले पनि पर्यटन उद्योग वढाउने लक्ष्य राखेर अर्गानिक ृत्पादनमा जोड दियो र सफल भयो । रासायनिक मल प्रयोग नगरी उत्पादन गरिएका खाद्यान्नको भारतसहित संसारका सबै देशमा ठूलो माग हुन्छ भन्ने विश्वासमा यसो गरिएको हो । यसबाट कृषि पेशाप्रति आकर्षण पनि वढ्ने र आम्दानी पनि बढ्ने हुन्छ ।
भुटान पनि यो अभियानमा लागेको छ ।
यस्तो मल जसको प्रयोगले विषादी चाँहिदैन ?
चाहिने सामाग्री ः ५ किलो गोवर, ५ लिटर मुत्र ( जुन प्राणीको गोवर उही प्राणीको मुत्र ), १ किलो कुहेको वा सडेको भेली, १ किलो दालको आटा, आधा किलो पिपलको वोट मुनिको माटो ।
यति जम्मा गरिसकेपछि घोलेर प्लास्टिकको ड्रममा १५ दिनसम्म राख्ने र दैनिक एक पटक चलाउने । वढी बाक्लो भए थोरै पानी मिसाएर पातलो वनाउन सकिन्छ । यसलाई घाममा नराख्ने । सितल ठाउँमा राख्ने ।
माथि उल्लेखित सामाग्री मध्ये पिपलको वोट मुनिको माटो किन भन्ने प्रश्न आउन सक्छ । यसको कारण पिपल सवैभन्दा अक्सिजन दिने विरुवा भएकोले यो माटोमा सवैभन्दा धेरै मित्र जिवाणु हुने रहेछन् । ती जिवाणु माटोको उत्पादन क्षमता वढाउन उपयोगी हुन्छन् । यर यसवाट लाखौं हैन करोडौं जिवाणुहरु तयार हुँदा रहेछन् ।
› यति गरिसकेपछि तयार भएको झोलमा २०० लिटर पानी मिसाएर १ एकड अर्थात् साढे २ विगाहा खेतमा छर्न सकिन्छ । यो तरिकाले पहिलो पटक वाली छर्नु अघि, दोश्रो पटक चौथो वा पाँचौ दिनमा, तेश्रो पटकदेखि हरेक २१ दिनमा स्प्रे गरेर छर्ने । सामान्यत ः एक वालीमा ४ वा ५ पटकसम्म यो तरिकाले छरेपछि अरु कुनै रासायनिक मल खर्चनु पर्दैन ।
› भनिन्छ यो मलमा १८ वटा नाइट्रोजन, क्याल्सियम, फसफोरस, आइरन, सल्फर लगायतका सुक्ष्म पोषण तत्व पाइदा रहेछन् ।
› यो तरिकाले खेती गर्दा अर्गानिक उत्पादन गर्न पनि सकिन्छ । सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ । विदेश जाने पैसा रोकिन्छ । सरकारले अनावश्यक अनुदान दिइराख्नु पर्दैन । बरु यो तरिकाले खेती गर्ने किसानलाई सहयोग गर्दा हुन्छ । कारणवस किसानले झन्झट मान्छन् भने ब्यावसायिक रुपले यस्तो मल उत्पादन गरी वजारमा लैजाने ब्यक्तिलाई अनुदान दिएर निःशुल्क वितरण गर्दा पनि सरकारलाई फाइदानै हुन्छ । अव यस तर्फ हाम्रा कृषि वैज्ञानिकहरु लाग्ने कि ? वा सधैभरी आयात वढाउँदै रोगी नागरिक तयार गर्ने ? यसरी तयार गरिएको मलको म्याद कहिल्यै सकिदैन ।
अन्तमा
विषादी कम गर्न यसरी सकिन्छ
› तरकारी पकाउनुभन्दा अगाडि तीव्र गतिमा पानी झर्ने धाराको पानीमा तीनपटकसम्म राम्रो गरी पखाल्ने हो भने ६० प्रतिशत विषादी पखालिएर जान्छ ।
› त्यस्तै एक लिटर पानीमा एक चम्चा नुन हालेर घोल्ने । यसरी नुन घोलिएको पानीमा तरकारी वा फलफूल १० मिनेट राख्ने । यसो गर्दा ८० प्रतिशत विषादी पखालिन्छ ।
› सतप्रतिशत विषादी फाल्नु छ भने बाहिरको बोक्रा फालेर खानुपर्छ । बन्द छ भने बाहिरको एक–दुई पत्र मात्र फाल्नुपर्छ । घिरौँलाको बोक्रा छिनाल्न सकिन्छ ।
२०७९ असौज ११ गते उपर्युक्त विषयमा प्रस्तुत विचार
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















