Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

निजि क्षेत्रको लगानीमा तिलोत्तमा बन्ने भयो आधुनिक कृषि वजार

बुटवल, साउन
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजि क्षेत्रको लगानीमा आधुनिक कृषि उपज थोक बजार केन्द्र स्थापना गरिने भएको छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ तिलोत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको सिलन्यास गरिएको छ ।
यो थोक बजार केन्द्रको तिलोत्तमा ५ का बडा अध्यक्ष चेतनारायण भण्डारी र लुम्बिनी थोक कृषि थोक बजार केन्द्रका अध्यक्ष भिमकान्त पन्थीले संयुक्त रूपमा शिलन्यास गरेका हुन । करिव २० करोड रूपैयाको लागतमा निर्माण सम्पन्न गरिने यो बजार केन्द्रमा १ सय ७५ वटा आधुनिक सटर निर्माण गररिने थोक बजार केन्द्रका अध्यक्ष पन्थीले जानकारी दिए ।

उनले योबजारले कृषि उपजको बजारीकरण गर्न र स्थानिय तथा विभिन्न ठाउको कृषि उपजसंकलन र विभिन्न ठाउमा पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने बताए । बडा अध्यक्ष चेतनारायण भण्डारीले यो बजार केन्द्र तिलोत्तमा नगरको गहनाको रूपमा रहने भएकोले आवश्यक सहयोग गर्न नगरपालिका पछि नपर्ने प्रतिवद्वता व्यक्त गरे । यो आधुनिक कृषि उपज थोक बजारको स्थापनाले स्थानिय किसान र कृषि ब्यवसायी प्रत्यक्ष लाभान्वित हुनेछन भने सयौले प्रत्यक्ष रोजगार समेत पाउने संस्थाका संचालक मोहम्मद याकुव बताउछन् । कार्यक्रममा लुम्बिनी फलफूल तरकारी थोक व्यवुसायी संघका अध्यक्ष बाबुराम भुषाल, महासचिव मेघनाथ भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यस्तो बन्ने छ, लुम्बिनी कृषि उपज थोक बजार केन्द्र(भिडियो)

© 2026 krishipatra All right reserved

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260