बुटवल, जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक तथा नेपाली काग्रेस जिल्ला सचिव राम कृष्ण खाँणको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खाँणले सहकारीहरु बचत तथा ऋणको मात्रै काम गर्ने भन्दा पनि उत्पादनमुलक क्षेत्रमा लाग्नुको विकल्प नभएको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटा, प्रदेश बचत संघ लुम्बिनीका अध्यक्ष श्रीकृष्ण नेपाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, प्रदेश बचत संघ का सचिव बसन्त ढकाल, नेप्सुनका केन्द्रीय सञ्चालक सन्दीप सापकोटा, रुपन्देही दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम बन्जाडे, लोकवाणी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष राधा ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संघका लेखा समिति संयोजक जगन्नाथ गौतमले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष दामोदर पंगेनीले कोषाध्यक्षको प्रतिवेदन र सचिव तथा प्रदेश सकारी विकास बोर्डका सदस्य टिका न्यौपानलेले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















