Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

कपिवलवस्तुमा भारतबाट ल्याउदै गरेको ५ क्विन्टल बोईलर कुखुरा नष्ट

कपिलवस्तु, 
कपिलवस्तु प्रहरीले बिहिबार राती जिल्लाको शुद्धोधन गाँउपालिका ५ हथिहवामा भारतबाट भंसार छली ल्याउदै गरेको अवस्थामा ५ क्विन्टल बोईलर कुखुरा बरामद गरेको छ । भारतबाट भंसार छली ९ वटा साईकलमा ल्याउदै गरेको अवस्थाको १ सय ७० गोटा वोईलर जातको कुखुरा बरामद गरेको थियो । बरामद कुखुरा र साईकल अन्दाजी १ लाख ९३ हजार मुल्यको रहेको प्रहरीको अनुमान छ ।

बरामद गरिएको कुखुरा सरोकारवाला कार्यालय र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिसरमा खाल्टोमा हाली नष्ट गरिएको छ । बरामद साईकल सुठौली भंसार कार्यालयमा पठाउने प्रहरीको तयारी छ । भारतमा बर्डफ्लु रोगको संक्रमण देखिएका बेला भारतबाट आउने कुखुराजन्य पदार्थलाई नेपाल भित्रिन नदिन थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

 

© 2026 krishipatra All right reserved