बुटवल, पुस । ७७ जिल्ला, ७ प्रदेशमा कार्यक्षेत्र भई स्थापना भएको नेपालको पहिलो खाद्य बैंक राष्ट्रिय खाद्य बैंक लिमिटेड काठमाण्डौको आयोजना लुम्बिनी प्रदेशीय शेयर सदस्य तथा किसानहरुको विचमा अन्तरक्रिया कार्यक्रम गरेको छ । रुपन्देहीको छपिया मा आयोजना गरिएको भेलामा सम्बोधन गर्दै अध्यक्ष शंकर नाथ उप्रेतीले किसानको उत्पादन सहजीकरण देखि खरिद विक्रि, उत्पादन विविधकरण, विउ,पल, मल लगायतको बस्तुहरु उपलब्ध गराई नेपालमा लै आत्मनिर्भर बनाउने गरी बैंकको स्थापना गरिएको जानकारी दिए ।
उनले अर्गानिक उत्पादनलाई विशेष जोड दिदै खाद्यान्नको आत्मनिर्भरताको लागि खाद्य बैंक स्थापना गरिएको भन्दै सोही अनुसार बाँजो भुमिलाई हराभरा बनाउनको लागि बैंकले विशेष योजना समेत अगाडी बढाएको जानकारी दिए । बैंक आफैले खाद्यान्न, गेडागुडी(दलहन), हरियो तरकारी, फलफुलहरु, केरा, दहि दुध, माछा, मासु, अण्डा, चिया, कफि उत्पादन र बजारीकरणमा सहजीकरण गर्ने समेत उनले जानकनारी दिए । कार्यक्रममा खाद्य बैंको अवधारण, यसको प्राविधि पाटोको विषयमा राजिव रमण न्यौपानले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा किसान थानेश्वर घिमिरे, आर्थिक विकास प्रमुख ईश्वर लुईटेल लगायतले आ आफ्नो धारणा राखेका थिए
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















