Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

५-१० किलोको पोका बनाएर कृषिजन्य उपज बेच्न प्रदेश ५ कृषि मन्त्रालयकाे अाग्रह 

बुटवल, चैत ।
लक डाउनको कारण  उत्पादन भएका विभिन्न कृषि जन्य बस्तु विक्रि वितरणका लागि  प्रदेश ५ सरकारले सहजीकरण थप गर्ने भएको छ ।
आईतबार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ मा  तरकारी किसान, दुग्ध किसान, दाना जन्य व्यवसायीहर, डेरी व्यवसायीहरुको विचमा भएको छलफलमा किसानहरुलाई सहज रुपमा कृषि जन्य बस्तु विक्रि वितरणका लागि सहजीकरण गर्ने सहमती भएको हो ।
प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अध्यक्षतामा बसेको बैठकले खासगरी तरकारी जन्य उत्पादनहरु  संभव भए सम्म किसानहरु आफैले नै उपभोक्ताहरुको घर घर मा पुर्याउने, संभव नभएमा व्यवासयीहरुले ५ देखि १०  किलोको  परिणाम बनाएर विक्रि वितरणका लागि सहजीकरण गर्ने भएको हो ।
यसको साथै तरकारी, दुग्धजन्य बस्तु, अण्डा, मासु, दाना लगायतका बस्तु ढुवानी सहजीकरणका लागि  प्रयोग हुने साधानको लागि मन्त्रालयले विशेष सहयोग गर्ने जनाएको छ ।
यस्तै थोक व्यवसायीहरुले  खुद्रा व्यवसायीहरु कहा लैजानको लागि  यातायाताको साधान व्यवस्था गर्नको लागि मन्त्रालयले सहजीकरण गर्ने समेत निर्णय भएको छ ।
यस्तै बैठकमा  कुनै पनि किसान वा व्यवसायीहरुले तरकारी जन्य उत्पादन, माछा मासु, च्याउ लगायतका बस्तु ढुवानी गर्ने साधानको विषयमा मन्त्रालयमा जानकारी दिने  यसको विषयमा सम्बन्धीत मन्त्रालय मतहतमा रहेको कृषि विकास निर्देशनालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, ज्ञान केन्द्र, विज्ञ केन्द्रले सहजीकरण गर्ने निर्णय भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीले जानकारी दिए ।
२  वटा चरणमा भएको बैठकमा कृषि विकास निर्देशनालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलय प्रमुख, बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्याक्ष तथा पदाधीकारीहरु, दाना व्यवासयी, तरकारी तथा च्याउ किसान, मासु, अण्डा तथा दाना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

© 2026 krishipatra All right reserved