फागुन । लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिषरमा रहेका व्यवसायीहरुको विचमा नोभेल कोरोना भईरसको विषयमा सचेतना मुलक कार्यक्रम गरेको छ । उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उपज केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उक्त सचेतना सम्बन्धी कार्यक्रम र पुर्व सावधानी स्वरुप माक्स, ग्लोव्स र पर्चा पम्लेट वितरण गरिएको हो ।
सघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले बुटवलमा संस्थागतग रुपमा पहिलो पटक संघले सचेतानमुलक कार्यक्रम र माक्स र पञ्जा वितरण गरेकोमा उच्च स्रह्हना गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले भन्नुभयो –‘पुर्व सावधनी अपउयानउनै कुनै पनि रोगबाट बच्नेपहिलो उपाय हो , यसको समयमा नै सबै जना सचेत हुनु आवश्यक छ । ’
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहरी स्वाथ्य केन्द्र ४ र ६ का प्रमुख हेल्थ अशिष्टेन्ट पदम अर्यालले नोभेल कोरोना भईरस सर्ने कारण, सावधानीका उपायहरुको विषयमा प्रकाश पारेका पार्नुभएको थियो । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले कृषि उपज केन्द्र भारत लगायत अन्य स्थानबाट समेत मानिसहरुको बढि आवत जावत हुने स्थान भएको कारण उच्चा सर्तकता अपनाउन आवश्यक भएको बताउनुभयो ।
महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक बाली विकास अधिकृत राम बहादुर खत्री, उपज केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाहकार घनश्याम भुषाल, सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्तु लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । अभियान अन्र्तगत कृषि उपज केन्द्र वरीपरि रहेका स्थानियहरुलाई बुटवल उपमानगरपालिकाबाट जारी गरिएको नोभेल कोरोना भाईरस सचेतना पम्लेट वितरण समेत गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















