बुटवल, चैत ।
बुटवल उपमानगरपालिका वडा नम्बर ११ पत्थरगञ्जमा विगत दुई बर्ष देखि व्यवसायीक च्याउ खेती गर्दै आएका दुई जना युवा उद्यमीको च्याउ फर्ममा अज्ञात समुहले आगजनी गरेको छ ।
गत शुक्रबार चैत ७ गते दिउँसो फर्ममा अज्ञात व्यक्ती आगजनी गरेको थियो । जसबाट नगद ८० हजार रुपैयाँ सहित सबै च्याऊ जलेर नष्ट भएको पिडीत पप बहादुर थापाले जानकारी दिनुभयो ।
कृष्ण बहादुर आले मगर र पप बहादुर थापाले संयुक्त रुपमा उक्त फर्म एक बर्ष पहिला सुरुवात गनुभएको थियो । ५ कठ्ठा क्षेत्रफलमा पप च्याउ फर्म सञ्चालन गर्दै आउनुभएको थियो । ५ हजार २ सय ५० च्याउको बल्ब रहेको उक्त फर्ममा सबै च्याउका बल्ब सहित निर्माण गरिएको संरचना सबै जलेर नष्ट भएका छन् ।
बीमाको लागि प्रयास गर्दा समेत पटक–पटक बीमा कम्पनीले बीमा नगरिदिएको कारण स्थानिय निकाय, वडा कार्यालय, प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका राहतको लागि आग्रह गरिएको पिडीत पप बहादुर थापाले जानकारी गराउनुभयो ।
उनले अज्ञात समुहले आगजनी गरेपछि बुटवल, लुम्बिनी, भैरहवा लगायतका स्थानबाट आएको दम्कलले आगो निभाउन सफल भएको थियो । गत ७ गते दिउँसो करिब ११ बजेको समयमा फर्ममा नै सुतिरहेको समयमा फर्मको पछाडीको भाग बाट आगो सल्कीएको र स्थानियहरुले जानकारी दिएपछि बल्ल आफुले जानकारी पाएको पिडीत पप बहादुर थापाको भनाई रहेको छ ।
उनले नगद ८० हजार सहित, अन्नपात, लत्ता कपडा सबै नै जलेर खरानी भएको उहाँको भनाई रहेको छ ।
यसरी सबै जायज्यथा जलेपछि स्थानियहरुले केही आर्थिक रकम उठाएर सहयोग समेत गरेका छन् । च्याउ उत्पादक कृषक संघमा समेत आवद्ध रहेका पप बहादुरलाई स्थानिय निकाय, प्रदेश सरकार लगायतले दैवी प्रकोपको रुपमा सम्झीएर सहयोग गरिदिनुपर्ने च्याउ उत्पादक जिल्ला कृषिक संघ रुपन्देहीका उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलले बताउनुभयो ।
उहाँले बीमा कम्पनीहरुले च्याउमा बीमा गर्नको लागि पटक पटक आग्रह गर्दा समेत नगर्ने गरेको गुनासो रहेको भन्दै यसरी भवितव्य पर्दा किसानलाई बीमाबाट राहत दिलाउने कार्यमा सम्बन्धित निकाय लाग्नुपर्ने बताउनुभयो ।
आगलागी पश्चात गएको ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले करिव २२ लाख रुपैयाँ क्षती भएको मुचुल्का तयार पारेको छ । पिडीत कृष्ण बहादुर र पप बहादुरले बार्षिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी ५ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायीक रुपमा कन्ये च्याउ खेती गर्दै आएका थिए ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















