Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

भैरहवामा रहेको पवन मिष्ठान्न भण्डार अनुगमनको घेरामा

  • तिन दिन भित्र किचन सुधार गर्न निर्देशन , मिठाईं उत्पादन स्थल र उत्पादन कार्य बन्द गर्न आदेश ।
  • बुटवल, फागुन ।
    भैरहवामा पवनको पेडा बाट प्रतिष्ठीत रहेको पवन मिष्ठान्न भण्डारमा नाप तौल गुणस्तर कार्यालय भैरहवाले अनुगमन गरेको छ ।
    अनुगमनको क्रममा सौचालय जस्तै किचन रहेको भन्दै सबै उत्पादन कार्य बन्द गर्न निर्देशन दिएको छ । यस्तै सौचालय र किचन छुट्टा छुट्टै स्थानमा राख्नुपर्ने, किचन सफा र गुणस्तर युक्त नराखिएको भन्दै यसलाई तुरुन्त नसुधारे सम्म सबै उत्पादनका कार्य र किचन बन्द गर्नको लािग गुणस्तर कार्यालयले निर्देशन समेत दिएको छ ।

    फागुन ७ गते गरेको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बरिष्ठ खाद्य अधिकृत हस्त राई, बाणिज्य कार्यालय भैरहवाका निमित्त कार्यालय प्रमुख लक्ष्मण लम्साल, जिल्ला प्रशासन कार्यालय भैरहवाका शाखा अधिकृत जनक थापा, जिल्ला प्रहरी कर्याालयका प्रहरी सहायक निरिक्षक मुकेश पोखरेल सहितको टोलीले पवन मिष्ठान्नको अनुगमन गरेको थियो ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक श्रवण ढुंगानाले तिन दिन भित्र देखिएको सबै कमजोरी सुधार गर्नको लागि निर्देशन समेत दिइएको जानकारी दिए ।

    यस्तो पाईयो निरिक्षण गर्दा
    सौचालय र भान्सा संगै रहेको । कामदारले फोर लुगाकिचनमै राखेको ।
    भुई सफा नै गर्न नमिल्ने गरी चिप्लो फोहर जमेको ।
    प्रवेशद्धार खूला र दुर्गन्धीत रहेको ।
    हात धुने स्थान नभएको
    प्रयाप्त प्रकाशको व्यवस्था नभएको
    । कच्चा पदार्थ यत्रयत्र छरेर राखेको ।
    अव्यवस्थित रुपमा रहेको कामदारको कपाल छोप्ने हेयर कभर नलागेको, हातको नङ्ग पनि लामो र फोहेर हातले काम गरेको ।
    शैचालय जाने र किनमा काम गर्ने एउटै चप्पल प्रयोग गरेको ।
    खाद स्वच्छताले न्युनतम पुर्वाधारहरु समेत पुरा नगरी मानव स्वाथ्ययको निम्ती अत्यान्तै जोखिम रहेको । भेटिएको निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

    © 2026 krishipatra All right reserved