Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बाख्रापालनमा रम्दै पौरखी थापा

  • वार्षिक रुपमा ५ लाखभन्दा बढी आम्दानी
  • बागलुङ । गाउँका सबै युवा जापान, कोरिया छन् । आफुलाई पनि जापान जाने थुप्रै अफर आए तर उनी आफ्नो जन्मभूमिलाई छोडेर कतै जान चाहेनन् । उनी मात्रै चाहे आफ्नै पाखा पखेरासँग रम्न । गाउँ मै व्यवसाय गर्न । गलकोट नगरपालिका वडा नम्बर ७ टोकरी गाउँका युवा विष्णु थापा आफ्नो भूमिलाई छोडेर कतै जान चाहँदैनन् । उनीको उद्देश्य छ गाउँ मै व्यवसायी बन्ने ।

    थापाले विगत ६ वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आएका छन् । ३० हजारको लगानीमा ५ वटा माउ बाख्राबाट व्यवसाय सुरु गरेका थापाको खोरमा हाल साना ठूला गरी ५० वटा बाख्राहरु रहेका छन् । उनले बाख्रापालनलाई व्यवस्थित बनाउन २ लाखको लगानीमा व्यवस्थित खोर समेत बनाएका छन् । उनलाई बजारको कुनै समस्या छैन । उनले माग अनुसारको उत्पादन गर्न नसकेको बताउँछन् ।

    थापाले गाउँका सबै युवाहरु विदेश पलायन भएको हुँदा उनलाई कामदार पाउन गाह्रो भएको बताउँछन् । ‘गाउँमा भएका सबै युवाहरु विदेश छन्, यहाँ अहिले बालबालिका र बुढाबूढीहरु मात्रै छन्,’ उनले भने ‘यसले गर्दा गाउँ सुनसान जस्तै भएको छ, आवश्यक परेको बेला कामदार पनि पाइँदैनन् ।’ थापाको माइलो भाई जापान र कान्छो भाई समेत स्पेनमा जागिर गर्छन् ।

    थापाले गाउँमा सहकार्य गरेर राम्रो व्यवसाय गरौँ भन्ने युवा नभएको बताउँदै आफुले विदेश गएका युवाहरुलाई गाउँ मै आकर्षण गर्ने गरि व्यवसाय गर्ने लक्ष्य राखेका छन् ।

    कृषि र पशुपालन सम्बन्धि राम्रो ज्ञान भएका थापाले औपचारिक रुपमा स्नातक तहसम्म अध्ययन गरेका छन् । उनले केही समय शिक्षण पेसा पनि गरे । गाउँलाई स्वर्ग जस्तो मान्ने थापाले आफ्नो व्यवसायसँगै विभिन्न संघ संस्थामा समेत आवद्ध भएर सामाजिक कार्यमा पनि सरिक हुन्छन् ।

    थापालाई व्यवसाय संचालन गर्न उनको श्रीमती रितु थापाले समेत साथ दिइरहेकी छिन् । बिहानदेखि बेलुकासम्म दुबै जना बाख्राको हेरचार लगायत घरको अन्य कार्य सहकार्यमा गर्ने गर्छन् । थापाकी श्रीमती रितुले श्रीमान र आफुलाई जापान जाने थुप्रै अवसर आएको बताउँदै विदेश नगई आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर लागेको बताउँछिन् ।

    धेरैका श्रीमान विदेश गएर दुख गरेको बताउँदै आफ्नो श्रीमानसँग घरमै बसेर व्यवसाय गर्दा धेरै खुसी र आनन्द भएको उनी बताउँछिन् । ‘हामी श्रीमान श्रीमती सहकार्य गरेर घर मै बाख्रापालन गरेका छौं,’ उनले भनिन् ‘व्यवसाय राम्रो हुँदै गएको छ, बाखा्रपालनसँगै अन्य व्यवसाय गर्ने सोचमा छौं ।’ थापाले विदेश गएर गर्ने दुख स्वदेशम गरे पनि राम्रो कमाइ गर्न सक्ने बताउँछिन् ।

    ‘जापान, कोरिया गएर गर्ने पनि दुख हो, यहाँ गर्ने पनि दुख हो’, उनले भनिन् ‘विदेशमा गर्ने दुख आफ्नै ठाउँमा आफ्नै परिवारसँगै गर्ने हो भने यहाँ पनि विदेशको जति कमाई गर्न सकिन्छ ।’ थापाले आफुहरुले संचालन गरेको व्यवसायलाई अझै प्रभावकारी ढंगले अगाडी बढाई युवाहरुलाई रोजगार दिन चाहेको बताउँछिन् ।
    उनीहरुको व्यवसायलाई देखेर गाउँमा भएका १÷२ जना कृषकहरुले पनि बाख्राहरु पाल्न थालेका छन् । आफ्नो व्यवसायले अरु स्थानीयहरुलाई समेत बाख्रापालनमा आकर्षण गर्न थालेको उनीहरुको भनाई । उनीहरुले फलफुल तथा तरकारी खेती गर्ने सोच बनाएका छन् ।

    थापाले दम्पतिले पछिल्लो समय बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरुले घरव्यवहार चलाएर वार्षिक रुपमा ५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँ घर मै बाख्रापालनबाट वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्ने थापाले विदेश जाने युवाहरुलाई स्वदेश मै पनि लगानी र परिश्रम गरे राम्रो कमाइ गर्न सकिने बताउँछन् ।

    उनले देशलाई माया गर्न सिक्नु पर्ने बताउँदै स्वेश मै केही गर्ने उद्देश्य राखे सफल भइने बताउँछन् । थापाले दैनिक विदेश जाने युवाहरुलाई आफ्नै भूमिमा परिश्रम गर्न र समाज निर्माणमा लाग्न आग्रह गर्छन् । उनी जस्तै युवाहरु विदेश छोडेर स्वदेश मै केही गरे देशमा आर्थिक समृद्धि नहोला भन्न सकिन्न ।

     

    © 2026 krishipatra All right reserved