बुटवल प्रदेश नम्वर ५ को भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघका आयोजनामा बुटवलमा जारी कृषि मेलामा शुक्रवार कृषि सम्वन्धि गोष्ठि र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन ।
मेलामा बिउ उत्पादन प्रक्रिया र व्यवसायीक अभ्यास सम्वन्धि गोष्ठि तथा अन्तरक्रिया, बिद्यालयस्तरीय बादबिवाद प्रतियोगिता र मत्स्य बल्छि प्रतियोगिता सम्पन्न भएका छन ।
गोष्ठिका सहभागि किसानहरुले सिचाई सहित समयमा उन्नत जातको बिउ, मल तथा किटनाशक औषधि उपलब्ध भएमा अहिलेको उत्पादन दोब्बर पुर्याउन सकिने बताए ।
उनीहरुले किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमको क्षेत्र बिस्तार गर्न समेत आग्रह गरेका छन ।
कार्यक्रममा किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमका व्यवसाय सल्लाहकार बाबुराम चुदालीले कार्यपत्र पेश गर्दै परम्पराग कृषिलाई छोडेर उन्नत बिउ बिजनको प्रयोग गरी व्यवसायीक कृषि गरेमा किसानले राम्रो लाभ लिन सक्ने बताउनु भयो ।
उहाले उन्नत बिउको प्रयोगबाट लाभ लिएका किसानका अनुभवहरु प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा प्युठानका कृषक तिर्थराज पौडेल, सल्यानका हिराचन्द ठकुरी र गुल्मिका कृष्ण प्रसाद भुसालले कार्यक्रमबाट आफुहरुले व्यवसायीक कृषिमा फट्को मारेपनि यसको क्षेत्र बिस्तार गरी आम कृषकलाई लाभ लिनसक्ने बनाउनु पर्ने बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमका डेपुटी म्यानेजर तुल्सीराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिउ व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष राम प्रसाद भट्टराई, पशुपन्छि औषधि व्यवसायी संघका लुम्विनी अध्यक्ष लक्ष्मण घिमिरे, संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, कार्यक्रम संयोजक सञ्जय जैसवाल, गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।
कृषि मेलाकै अवसरमा कृषिको व्यवसायीकरण र बैदेशिक रोजगार बिषयक अन्तर बिद्यालय वाद बिवाद प्रतियोगितामा एभरेष्ट बोडिगं स्कुलका सुरुचि बेल्वासे प्रथम, न्यु होराइनकी सुम्नीमा श्रेष्ठ द्धितिय र कालिका मानव ज्ञान माबिका दिवश पौडेल तृतिय भएका छन ।
बिजयीहरु प््रथमलाई ५ हजार रुपैया, द्धितियलाई ३ हजार रुपैया र तृतियलाई २ हजार रुपैया नगद सहित प्रमाण पत्र बितरण गरीएको थियो । कार्यक्रम संयोजक टंक प्रसाद गैरेले बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रतियोगिताको निर्णायकमा प्राध्यापक डिल्लिनारायण पाण्डे र राजेन्द्र आचार्य हुनुहुन्थ्यो ।
पुष २१ गते सोमवार प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले उदघाट गर्नु भएको मेला शनिवार समापन हुने छ । अपरान्ह ३ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यमा समापन हुने संघका महासचिव तथा मेलाका सदस्य सचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा रुपन्देही तथा आसपासकाएक दर्जन बढी बिद्यालयका बिद्यार्थीहरुले एकै दिन अवलोकन गरेका छन ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















