Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

कृषि मेलामा गोष्ठि, अन्तरक्रिया तथा विभिन्न प्रतियोगिता

बुटवल । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा जारी कृषि मेलामा आज बुधवार कृषि बिशेष गोष्ठि, बक्तृत्वकला र बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन ।

मेलास्थल बुटवलमण्डपमा कृषि व्यवसायीकरणका लागि संरक्षित कृषि प्रबिधि कार्यक्रम बिषयक गोष्ठि, कृषि केन्द्रित बिद्यालयस्तरीय बक्तृत्वकला तथा दोहोरी गित प्रतियोगिता सम्पन्न भएका छन ।

गोष्ठिमा प्रदेशमा कृषिको सम्भावना, अवसर र चुनौती बिषयमा बरिष्ठ कृषि बिकास अधिकृत बिनोद घिमिरे, कृषिको व्यवसायीकरणका लागि संरक्षित कृषि प्रबिधि बिषयमा युवा व्यवसायी मदन पौडेल, प्रदेश नम्वर ५ मा पशु पन्छिपालनकोसंभावना र अवस्थाका सम्वन्धमा व्यवसायी प्रेम सागर पौडेल र व्यवसायी इश्वर पौडेलले माटो बिना तरकारी खेति ९हाइडोफोनिक्स० सम्वन्धमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नु भएको थियो ।

उहाहरुले प्रदेश नम्वर ५ मा कृषिको राम्रो संभावना रहेको र सरकारले पनि कृषिलाई बिशेष प्राथमिकता दिएको अवस्थामा कृषिमा लगानी र श्रम गरेर उचित लाभ लिन युवाहरुलाई आग्रह गर्नुभयो ।

बरिष्ठ कृषि बिकास अधिकृत बिनोदले प्रदेश सरकारले अघि सारेको कृषि स्मार्ट गाउ कार्यक्रम, करार खेति, कौशि खेति लगायतका बिशेष कार्यक्रममा सहभागि भएमा किसानलाई सरकारले बिभिन्न सहयोग गर्ने जानकारी गराउनु भयो ।
युवा व्यवसायी मदनले समाजले के भन्छ होइन समाजलाई के दिन सकिन्छ भन्ने सोचेर लाग्ने हो भने कृषिमा लागेर युवाहरुले आमुल परिवर्तन गर्न सक्ने बताउनु भयो ।
अर्का व्यवसायी प्रेम सागरले किसानलाई अनुदान संगै कृषि श्रमिकको अभावलाई क मगर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले बिशेष भत्ताको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै व्यवसायी इश्वरले बढ्दो बजारीकरणमा माटो बिना तरकारी खेति ९हाइडोफोनिक्स० प्रबिधिको नेपालमा पनि राम्रो संभावना रहेको बताउनु भयो ।

संघका अध्यक्ष तथा मेलाका संयोजक खिम बहादुर हमालको सभापतित्व र पशुपन्छि तथा मत्स्य बिकास निर्देशनालयका निर्देशक युगल किशोर तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठ, कार्यक्रम संयोजक तथा संघका कार्यसमिति सदस्य सञ्जय जयसवाल, गोबिन्द पाण्डे लगायतले बोल्नु भएको थियो ।

बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार बिषयमा अन्तर बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा न्यु होराइजनका स्मारीका न्यौपाने प्रथम, सगरमाथा आवासीय माबिका प्रशंसा आचार्य द्धितिय र पामिर एकेडेमिका प्रतिक्षा खराल तृतिय भएका छन । बिजयीहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित पुरस्कृत गरीएको सास्कृतिक कार्यक्रमका संयोजक टंक प्रसाद गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्राध्यापक खुमकान्त पाण्डे र डा। प्राध्यापक हिरण्य ज्ञवालीले निणर्यकको भुमिका निर्वाह गर्नु भएको थियो ।

मेलाकै अवसरमा भोली बिहीवार पनि बुटवल तथा आसपासका क्षेत्रमा वन्यजन्तुले पारेको प्रभाव र न्युनिकरणका उपायका सम्वन्धमा अन्तरक्रिया, दुग्धपान प्रतियोगिता, माछा मार्ने बल्छि प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन ।

मेलामा राखिएका कृषि प्रबिधि उत्पादनलाई सहभागी उपभोक्ताहरुले अभिरुचि पुर्वक अवलोकन गरेका छन । मेलाका अवलोकनकर्ताहरुले ताजा तरकारी फलपुलदेखि प्रबिधिसम्मका सामान खरिद गरीरहेका छन । मेलामा रुपन्देहीका बिभिन्न बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुले सस्थागत अवलोकन गरेका छन । त्यस्तै रुपन्देही तथा आसपासका किसानले मेलामा राखिएको माटो शिबिरमा आफना खेत बारीको माटो ल्याई परिक्षण गरीरहेका छन । by:elogonnews.com

© 2026 krishipatra All right reserved