Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

अब किसानको दूध बाटोमा पोखिन्नँः कृषि मन्त्री खनाल

काठमाण्डौ, तत्कालीन माओवादी जनसेनाको डेपुटी कमान्डरको बर्दी फुकालेर संसदीय राजनीतिमा होमिएका चक्रपाणि खनालले अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कमान्ड सम्हालेका छन् ।

नेपाल कृषिप्रधान देश भनिए पनि किसान पृष्ठभूमिबाट आएका धेरै नेताले हत्तपत्त कृषि मन्त्रालयको चाबी बुझ्न मान्दैनन् । तर, कमान्डिङ स्वभावका बलदेवले हाँसी–हाँसी कृषि मन्त्रालयको बागडोर सम्हालिरहेका छन् ।

 

कृषि मन्त्री भएपछि आफ्नै मन्त्रालय मातहत रहेको ‘दुग्ध विकास संस्थान’माथि धावा बोलेर उनले कृषि क्रान्ति सुरु गरेका छन् । पछिल्लो सयम उनकै जोडबलका कारण दुग्ध विकास संस्थान मात्र सुधारिएको छैन्, उनले देशभरीका डेरी सुधार गर्ने अभियान नै चलाएका छन् ।

बन्द भएको चितवन मिल्क सञ्चालनमा ल्याएर धुलो दूध उत्पादनमा तदारुकता देखाएका मन्त्री खनालले मापदण्ड पूरा नगर्ने डेरी उद्योगमा डोजर लगाउने आदेश दिएका छन् ।

 

विदेशी मुलुकबाट ‘डेट एक्स्पाएर’ धुलो दूध ल्याएर बेच्न रोक लगाएका मन्त्री खनालले रातोपाटीसँग कुरा गर्दै, अब किसानको दूध बाटोमा पोख्ने पद्धति अन्त्य गर्ने बताएका छन् । दुग्ध विकास संस्थानको क्षमता अभिवृद्धि, किसानको दूधको उचित मूल्य दिने उनको अठोट र दूधजन्य पदार्थमा हुने विकृति हटाउने प्रयासबारे मन्त्री खनालसँग राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश ः

विदेशबाट त, ‘डेट एक्सपाएर’ दूध आउँदो रहेछ ?

कृषि विकास मन्त्रालयअन्तर्गत जुन परियोजना चलिरहेका छन् । तिनले समग्र हाम्रो किसानको प्रतिनिधित्व गर्ने देखिएन । एउटा वर्गको प्रतिनिधित्व त गर्छन् तिनले तर कृषिमै जीवन बिताइरहेकालाई सपोर्ट गर्ने खालको देखिएन ।

चालु आर्थिक वर्षको बजेट र कार्यक्रम हेरेपछि मैले आगामी वर्ष यसलाई परिमार्जन गरेर लानुपर्छ भनेर केही कुराहरू अगाडि सारेको छु ।

मैले अहिले अलि जोड गरेको विषय चाहिँ एउटा दूध हो । नेपालमा दूधको स्थितिबारे धेरै अध्ययन गरेर एउटा योजना बनाएका छौँ ।

सबैभन्दा पहिले मैले विराटनगरमा रहेको दुग्ध विकास संस्थानको फ्याक्ट्री अनुगमन गरेँ । त्यहाँ दूध उत्पादन गर्ने तरिका, क्षमता सबै हेरेपछि यसलाई नसुधारी हुँदैन भनेर म बाहिर बोलेँ । त्यो बोलेको कुरालाई डीडीसीका केही मान्छेहरूले विरोध गरे । मैले भने, ‘यही तरिकाले अगाडि बढ्ने हो भने अझै धेरै बोल्छु ।’ किनभने, सबैभन्दा पहिले त सरकारी निकाय राम्रो हुनुपर्छ भनेर केही निर्देशनहरू गरेँ ।

अरू, केही डेरीहरू अनुगमन गर्यौँ । अनुगमन एक दुई पटक गरेर नहुने हुनाले कार्यविधि नै बनाउने निर्देशन दिएँ । दूधलाई व्यवस्थित गर्न के के गर्नुपर्छ भन्नेबारे कार्यविधि बनायौँ ।
दोस्रो पटक अनुगमनमा जाँदा विराटनगरमा रहेको डीडीसीको फ्याक्ट्री सुधारिएको थियो । पछि बालाजुमा अनुगमन गरेँ ।

दूधमा के रहेछ भनेँ, किसानको दूध बाटोमा पोखिँदो रहेछ । त्यसको कुनै व्यवस्थापन छैन । भारतीय दूध अहिले पनि आइरहेको छ । बोर्डरबाट तरल दूध क्यानमा आउँछ ।

पाउडर दूध न्युजिल्यान्ड, बेलारुस र धेरैजसो भारतको नोभा कम्पनीको दूध यहाँ आएको रहेछ । कतिपयले मलेसियाबाट पनि दूध ल्याउँदा रहेछन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागले दिएको अन्तिम अनुज्ञापत्रको आधारमा पाउडर दूध नेपाल आयात हुनगरेको रहेछ ।

अर्को, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भन्ने छ, जसले यो सबै चेकजाँच आदि इत्यादि गरेर अनुगमन कारवाही गर्ने निकाय हो । त्यो निकाय पनि एकदम सुतेको देखेँ ।

त्यो निकायसँग लगतार छलफल गरेँ । धुलो दूध हाम्रोमा निकै ठूलो परिणाम आउने गरेको थियो । आजको मितिमा धुलो दूध घोलेर बनाएको दूध बजारमा बेच्दा प्रतिलिटर ७ रुपैयाँदेखि ९ रुपैयाँ फाइदा हुँदो रहेछ ।

हाम्रो अध्ययनले विदेशबाट आउने धुलो दूधबारे निकै गम्भीर तथ्य पत्ता लगाएको छ । बेलारुपमा १८ महिनाको डेट राख्ने, डेट सकिन दुई महिना बाँकी हुँदा नेपालका ब्यापारीले खरिद गर्दा रहेछन् । अनि त्यो दूध बन्दगरगाहमा आएपछि कम्तीमा १२ महिनाको डेट राखेर पुनः प्याक गरिदिने ।

नेपाल ल्याएर त्यही डेट गएको धुलो दूध घोल्न सुरु हुन्छ । दही त्यसैको बन्छ ।

दूध घोल्नै हुँदैन भन्ने हैन । क्वालिटीको दूध छ भनेर घोलेर खानु र ताजा दूध उस्तै उस्तै हो । त्यसमा एस।एन।एफ ९सोलिड नट फ्याट० चाहिँ ८ लाइनभन्दा कम हुन नहुने, फ्याट कमसेकम तिनभन्दा माथि हुनुपर्ने दूधको एउटा स्ट्यान्डर्ड रहेछ ।

त्यो स्ट्यान्डर्ड कायम गर्न डीडीसीले खोजे पनि अरु झोले डेरीहरूको कुनै मापदण्ड छैन । त्यो नीतिगत रुपमा सबै हेरेपछि मैले आसार मसान्तमा धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएँ । अहिले सबै प्रकारका धुलो दूध आयात गर्न मन्त्रालयले रोकेको छ ।

सबै प्रकारका भन्नाले एउटा धुलो दूध, अर्को आइसक्रिम बनाउने छुट्टै रहेछ, चकलेट बनाउने छुट्टै धुलो दूध हुन्छ । यसरी, विभिन्न प्रकारका अर्बौंको दूध आयात हुँदो रहेछ । अनि, यहाँको किसानको पूरै दूध सडकमा ।

किसानहरूले पनि एस।एन।एफ। मिलाउने क्वालिटीको दूध दिने गर्दैनन् । पानी–सानी हाल्ने जे हुन्छ डडीसीलाई भिराउने अरू डेरीलाई भिराउने गर्दा रहेछन् । तर, किसानले सोझै त्यो गर्दैन् । जस्तो, काभ्रेको किसानको दुध कलेक्सन गर्ने सहकारी नामको ‘डन’ छ । त्यो डनले यता दिने ठाउँ र किसानबाट लिने ठाउँ सेट गरेको छ । किसानबाट सस्तोमा लिन्छ, त्यहाँ पानी मिसाउँछ, गुणस्तरहीन बनाउँछ अनि यता धेरैमा बेच्छ ।
जहाँ गए पनि प्रत्येक पाइलामा बिचौलिया छ । त्यसले मूल्य निर्धारण पनि गर्छ अनि हाम्रा निकायहरू पनि उसले मिलाउँछ ।

यसरी खुलाएँ, चितवन मिल्क
धुलो दूधमा प्रतिबन्ध लगाएपछि डिपार्टमेन्ट स्टोर सञ्चालकहरू ‘बर्बाद भो’ भन्दै थिए ।

चितवनमा साढे ३ वर्षदेखि जर्मन टेक्नोलोजीको फ्याक्ट्री बन्द रहेछ । विदेशबाट आउने डेट एक्सपाएर पाउडर दूधका कारण चितवन मिल्क बन्द भएको रहेछ । डीडीसीको बरु पुरानो टेक्नोलोजी हो, चितवन मिल्क जर्मन टेक्नोलोजीको नयाँ छ । पोखरामा भएको डीडीसीको फ्याक्ट्री निजीकरण गरेर सुजल बनाएको रहेछ । नेपालमा सुजल, चितवन र विराटनगरको डीडीसीको फ्याक्ट्रीमा मात्र धुलो दूध बनाउँदा रहेछन् ।

अहिले दुईवटाले बनाउन छाडेको विराटगरले अलिअलि बनाउने रहेछ । विदेशबाट आउने धुलो दूध प्रतिबन्ध लगाएपछि चितवन मिल्कका सञ्चालकसँग पटक पटक बोलाएर छलफल गरेँ । बन्द गर्नुको कारण सोधेँ । उनीहरूले आफ्ना अप्ठ्यारा बताएपछि मैले फ्याक्ट्री बेच्नुस यो सरकारले किन्छ भनेर अर्थमा पनि कुरा गरेँ ।

उनीहरुले बेच्दैनौं भने । अनि मैले भनेँ, ‘बन्द राख्न दिन्नँ, एक्सन लिन्छु ।’ पछि चितवन मिल्क र कृषि विकास मन्त्रालयको बीचमा किसानको दूध किनेर धुलो दूध उत्पादन गर्ने कुरामा सहमती भयो ।
चितवन मिल्कले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिनुपर्ने शर्त राखेको छ । अहिलेसम्म अनुदान दिने कुरा मौखिक करार गरेको छु । अर्थबाट स्विकृति लिने प्रक्रियामा हामी छौँ ।

चितवन मिल्कले अहिले ६०–७० हजार प्रतिदिन दूध धुलो बनाइरहनुभएको छ । डीडीसीसँग अहिले ५ सय मेट्रिकटन धुलो दूध स्टक छ । त्यो दूध अहिले राम्रोसँग गइरहेको छ ।

अब, नेपाली सेनामा नेपाली दूध

नेपाली सेनामा धुलो दूध खपत हुँदो रहेछ । नेपाली सेनामा जाने गरेको धुलो दूधको अध्ययन गर्न लगाएँ ।

नेपाली सेनाका अधिकृत जवानहरूलाई दैनिक क्यालोरी मेन्टेन गर्न खुवाइने दूधमा कुनै क्यालोरी नै पाइएन । हामीले ल्याब टेस्ट गरेर भन्यौँ, ‘ल हेर्नु तपाईंहरूले प्रयोग गरिरहेको दूधमा कुनै क्यालोरी छैन् । हामी यस्तो–यस्तो खालको दूध दिन्छौँ ।’ त्यसपछि नेपाली सेनाले पनि अध्ययन गरेको छ । हाम्रो दूधको लागत बढी छ, बाहिरबाट आएको सस्तो छ किनकि त्यहाँ अनुदान छ ।

उताबाट आउँदा २५० रुपैयाँ किलो आउँछ । हामीलाई यहाँ ४५० रुपैयाँ किलो पर्न आउँछ । तर क्वालिटी छ, डेट गएको हैन्, राम्रो भन्न सकिन्छ । आर्मीसँग सबै कुरा राख्यौं, यति एस।एन।एफ, यति फ्याट भएको चाहिन्छ भन्ने कुरा राख्यौं ।

उहाँहरू कन्भिन्स हुनुभो । अहिले आर्मीमा डीडीसीले उत्पादन गरेको नेपाली दूध जान थाल्यो । मलाई लाग्छ काठमाडौँ बाहेक बाहिरका युनिटमा पनि नेपाली सेनाले सर्कुलर गर्दै छ ।
भिँगा भन्कने डेरीमा डोजर चलाउँछु 

होटलहरूमा दूघ घोलेर चिया पकाउने सानो प्याकेट हुन्छ निँ, एभ्रिडे भन्ने । ३ सय, ४ सय ग्रामको प्याकेट दूध बनाउन छुट्टै प्लान्ट चाहिने रहेछ ।

अहिले तुरुन्त त्यसको प्लान्ट विराटनगरमा जोड्ने भनेर निर्देशन दिएपछि उँहाहरूले त्यो जोड्नुभो । अब प्रधानमन्त्रीलाई नै आग्रह गरेर उहाँकै हातबाट ‘डेरी ह्वाइटनर’ लन्च गर्ने योजना छ । त्यसका लागि दुई सय, चार सय र १ केजीको प्याकेट धमाधम बनाइरहेका छौं ।

दुग्ध विकास संस्थानको देशभर दूध सङ्कलन गर्ने सञ्जाल छ । किसानको दूध किन्छौँ, डेरी ह्वाइनटर बनेपछि अब दैनिक ४० देखि ५० हजार लिटर किसानको दूध त्यहाँ खपत हुन्छ ।
अब शसस्त्र प्रहरी बलमा पनी दुग्ध विकास संस्थानले उत्पादन गरेको दूध बेच्ने योजना बनाउँदै छौं ।

मैले कृषिमन्त्री भएपछि के अनुभव गरेँ भने, सरकारी निकायसँग बिजनेस प्लान छैन । सरकारका निकाय भएपछि काम गर्नुपर्दैन भन्ने मानसिकता विकास भएको छ, कुनै योजना छैन् । बाहिरको आयातले थिचेर सबै मान्छे अब नेपालमा केही गर्न सकिँदैन भनेर सुतेका रहेछन् । मैले हेर्दा त्यस्तो देखेँ ।

जहाँ जहाँ डेरी अनुगमन गरियो त्यहाँ फोहोर उस्तै, कुन चीज कहाँ राख्ने केही छैन । डेट गएका बोराहरू छन् । मापदण्ड पूरा नभएका डेरीमा ताला लगाएको छु, अब ताला खोलिँदैन भनेको छु ।
गएको कात्तिकमा मन्त्री स्तरबाट निर्देशिका पास गरेको छु । काठमाडौंमा ३९ वटा डेरी सूचीकृत भएका छन्, जसले आफ्नो ब्रान्डको नाम राखेर दूध बेच्छन् ।

मापदण्डबिनाका धेरै डेरी छन् । त्यहाँ विकृतिबाहेक केही छैन, के–के भर्छ भर्छ । धुलो दूधको स्टक छ, कत्तिबेला के–के हाल्छ थाहा छैन । जाँदा झिँगा र फोहोरबाहेक केही छैन । चेकजाँच केही छैन । आकर्षक प्याक छ, भित्र के छ, जनतलाई थाहा छैन ।

अहिले निर्देशिकामार्फत सबैतिर प्रत्येक डेरीलाई पाँच–१० दिनको समय दिएर स्तरीयता कायम गर्न भनेको छु । नभए फ्याक्ट्री नै उठाएर मन्त्रालयमा ल्याउनु भनेको छु । डोजर लगाएर फ्याक्ट्री उठाउँछु, बाँकी म ब्यहोर्छु ।
यसरी, आक्रामक सुरुवात गरेपछि अहिले करिब दूध सुध्रिएर आएको छ ।

अर्को यूएसटी मिल्कमा लेदो दूधको प्याक हुन्छ । लेदो दूधको प्याक पनि न्युजिल्यान्ड लगाएका पाँच देशका विदेशी कम्पनीहरूबाट आउँदो रहेछ ।

१२ देखि १८ महिनासम्म प्रयोग गर्न मिल्छ । त्यो डेट्रा प्याकको लागि पनि सरकारले नै फयाक्ट्री बनाउने भनेर वर्क आउट भइरहेको छ ।

लैनचौरमा आइसक्रिम, घ्यु बन्छ । त्यहाँ हेरेको बिजोग छ । भुइँचालोले भत्काएको, बाँकी पुरानो जीर्ण संरचना । कर्मचारी त्यसैभित्र बसेका, १५० जति कर्मचारी बस्छन्, काम तिनको केही छैन तलब खाने हो । कुनै योजना केही छैन, भत्किएको संरचनामा फोहोरमाथि बसेका छन् । यसैगरी यो देश चलिरहेको छ । मन्त्रालय चलिरहेको छ ।

अहिले मैले कि सुधार्नुस्, नसके यहाँ छाडेर अन्यत्र जानुस् भनेको छु ।
लैनचौरस्थित दुग्ध विकास संस्थानको भवन कर्मचारी संयन्त्रले सुधार गर्न सकेनन् भने मन्त्रालयबाट निर्णय गराएर लिजमा दिन्छु । राणाकालीन घोडा बान्ने ठाउँ रहेछ, त्यही घोडा बान्नेमै बसिरहेका छन् । समस्याहरू धेरै छन् । (रातोपाटीअनलाइनबाट)

© 2026 krishipatra All right reserved