Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

तुलसीपुर उपमहानगरले बगर खेती गर्नेलाई अनुदान दिने

दाङ । जिल्लामा रहेको कृषि कार्यालय खारेजी भएसँगै कृषिको जिम्मेवारी स्थानीय तहमा गईसकेको छ ।

स्थानीय तहलाई दिएको अधिकारलाई प्रयोग गर्दै दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्र भित्र त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रूपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताए ।

प्रमुख पाण्डेका अनुसार ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख बराबरको विभिन्न सहयोग गरिने छ । त्यसैगरी व्यावसायिक रूपमा बसन्ती मकैखेती गर्ने किसानलाई पनि बीउको सम्पूर्ण अनुदान दिने र बजारीकरणका लागि सहयोग गरिने भएको छ ।

उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि आयोजना गरिएको कृषक भेलामा बोल्दै नगर प्रमुख पाण्डेले उपमहानरपालिकाको धारणा सार्वजनिक गरेका हुन् । उनले उपमहानगरपालिकालाई हरियाली बनाउन किसानलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि बगरखेतीको अवधारणा ल्याएको बताए .

© 2026 krishipatra All right reserved