Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ। सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आएका छन् । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उनले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आएका हुन्।

“वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उनले भने। कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुन सकेनन्। “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उनले भने। अहिले उनको खेतमा चार सयको हाराहारीमा किबीको बोट छ।

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउँछन्। “वार्षिक १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ। लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उनले भने “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन्।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो २५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भने। उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन्। किबीखेती गर्न उनले हालसम्म ८० लाख रुपैयाँ लगानी गरिसकेका छन्।

किबीको एउटा बिरुवाको मूल्य तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भने। एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ।

© 2026 krishipatra All right reserved