बुटवल, असार । लुम्बिनी प्रदेशका किसानहरुले संघीय सरकार प्रदेश सरकार संग उत्पादनमा आधारित अनुदान प्रतिफलमा प्रोत्साहन दिन माग गरेका छन् । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय र प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजानमा बुटवलमा भएको प्रादेशिक रणानीतिक निर्माणको लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठीमा अधिकांस किसानहले अनुदान प्रभावकारी बनाउन माग गरे । आगामी १५ बर्षको लागि योजना निर्माण गर्दा किसानहरुको उत्पादन पछिको बजारीकरण सुनिश्चित हुुनुपर्ने भन्दै सोही अनुसारको कार्ययोजना ल्याउनको लाग माग गरे ।
राष्ट्रिय च्याउ उत्पादक किसान महासंघ का केन्द्रीय उपाध्यक्ष कृष्णराज पोखरेलले च्याउ किसानको समस्या समाधानको लागि भारतीय अवधै च्याउको भन्सार कर बढि बनाउनको लागि माग गरे । नेपाली उत्पादन को बजारीकरणका का लागि आयातीत बस्तु रोक्नुपर्ने उनको माग छ । राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुपन्देही अध्यक्ष देवी वाग्ले ले पुष्प किसानहरुलाई सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएको भन्दै आगामी रणनीतिक योजनामा समेट्नुपर्ने बताईन ।
यस्तै बंगुर पालक किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष टिला बहादुर शुर्यवंशीले बेलैमा बंगुरमा लाग्ने रोग नियन्त्रणको लागि कदम चाल्नुपर्ने बताए । मौरी पालक किसान संघ जिल्ला सचिव लिलापती घिमिरेले मौरी चरन क्षेत्र छट्याउनु पर्नेै र सामुदायिक वनमा वृक्षरोपण गर्दा २५ प्रतिशत पुष्प रस वाला वृक्ष रोपण गर्नुपर्ने प्रावधान अनुरसार रोपण गर्नुपर्ने बताए ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले माटो सुधारकोलागि सरकारी निकायबाट नै पहल जरुरी रहेको बताए ।
च्याय उत्पादक किसान संघ का लुम्बिनी प्रदेश अध्यक्ष रिषव पोखरेलले च्याउ ढुसि जन्य बस्तु भएको कारण किसानले तत्काल उत्पादनमा आधारित प्रोत्साहन अनुदान प्राप्त गर्न नसकीरहेको भन्दै शुलभ कर्जा सहित परियोजना धितोमा राखेर कर्जा प्रवाह गर्नुपर्नेै माग गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री शुमन शर्मा रायमाझीले किसानको समस्या समाधानलाई मुख्य प्रथमिकतामा राखेर रणनीतिक योजना निर्माण गर्ने बताईन ।उनले अवको रणनीतिक योजनामा बास्तविक किसानहरुनै पर्ने गरी योजना निर्माण गर्ने बताएकी हुन ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालयका सह सचिव राजेन्द्र प्रसाद मिश्र, प्रदेश मन्त्रालयका सचिव याम नारायण देवकोटा, प्रदेशको कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख हरि प्रसाद पण्डीत, लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा कृषि विकास रणनीति संयुक्त क्षेत्रको समिक्षा, संयन्त्र र कृषि विकास रणनीतिको विषयमा संघीय मन्त्रालयका ईन्द्रहरी पौडेल, लुम्बिनी प्रदेशको प्रादेशिक रणनीतिको विकास रणनीति बारेमा प्रदेशको मन्त्रालयका शालीकराम गौतम, नेपालमा कृषि प्रसार रणनीीत बारेमा पशु् सेवा विभागका डा. चन्द्र ढकाललगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
















