
बुटवल,लुम्बिनी प्रदेशमा यो बर्ष पहिलो पटक नवलपरासीमा लम्पि स्कन रोग फेला परेको छ ।
बर्दघाटनगरपालिकामा एक किसानले पालेको गाईमा देखिएको लक्ष्ण अनुसार नमुना लिएर परिषण गर्दा लम्पी स्कीन रोग प्रमाणीत भएको हो । पशुरोग अन्वेषण प्रयोगशाला नवलरासीका प्रमुख डा. भरत काफ्ले का अनुसार नमुना संकलन पश्चात परिक्षण गर्दा यो बर्षको पहिलो पटक लुम्बिनी प्रदेमा लम्पी देखा परेको हो ।
बर्दघाट नररपालिका पशु शाखाका प्राविधिक, पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्राविधिकले नमुना संकलनमा सहयोग गरेका थिए । संकलित भएको नमुना केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । पिसीआर विधीबाट गरिएको परिक्षण बाट लम्पी स्कीन प्रमाणीत भएको हो ।
के हो लम्पी स्कीन रोग
लम्पी स्किन कस्तो किसिमको रोग हो ।
लम्पी स्किन रोग पक्सभाइरिडि परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण अत्याधिक सङ्ख्यामा गाईभैंसीहरूमा सङ्क्रमण गराउने सीमाविहीन पशु रोग हो ।
सम्पी स्किन रोग कुन कुन पशुमा लाग्छ ।
सम्पी स्किन रोग विशेष गरी गाई, गोरु, राँगा, भैसी पाडापाडी बाच्छाबाच्छीमा लाग्छ यो रोगबाट उन्नत नलका बढी उत्पादन दिने पशु बढी प्रभावित हुन्छन् ।
भेडाबाखामा सम्पी स्किन रोग लाग्छ कि लाग्दैन ।
हालसम्म प्राप्त तथ्यहरूका आधारमा यो रोग भेडाबाखामा लागेको देखिएको छैन ।
लम्पी स्किन रोग कसरी सर्छ ?
सम्पी स्किन रोग लामखुट्टे, टोक्ने र रगत चुस्ने झिंगा (डाँस) किर्ना, भुसुना र विभिन्न किसिमका टोक्ने खालका किराहरूको टोकाइबाट सर्ने गर्छ। सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशु लसपस भएको दानापानी, सोत्तरबाट समेत यो रोग सर्न सक्छ ।
यस्ता छन लक्षणहरु
लम्पी स्किन रोग लागेका पशुमा निम्नानुसारका लक्षणहरू देखिन्छःउच्च ज्वरो (१०४ डिग्री फरेनहाइट भन्दा बढी) आउने,
दाना पानी कम खाने र दूध उत्पादन घट्ने,
छालामा साह्रो गोलो गिर्खा/गाँठाहरू देखिने, गिर्खाहरू केही समय पछि हराउने वा कहिलेकाहीं
गिर्खाहरू फुटेर गहिरो घाउ हुने, किरा / औंसा पर्ने,
नाकमुख भित्र, कल्चौडा, थुनमा घाउ हुने,आँसु, न्याल, सिंगान आउने, चिप्रा / कचेरा लाग्ने,
खुट्टा/जोर्नी सुन्निने,