
बुटवल चैत । बुटवल उपमहानरपालिका वडा नम्बर ६ मा रहेको लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान , क्यालेन्डर विमोचन र सम्मान कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले व्यवसायीक एकता नै अहिलेको आवश्यकता रहेको भन्दै सोही अनुसारको योजना बनाएर अगाडी बढ्नको लागि सबैलाई आग्रह गरेका थिए । नयाँ बर्षले व्यवसायीक सफलता, उमंङ्ग थप्नेमा आफु विश्वस्त रहेको भन्दै उनले व्यवसायी सटकको विषयमा भएको टेन्डर लगायतका विषय अहिले अदालती प्रक्रियामा रहेको भन्दै यसले चाडै निकास पाउनेमा आफु विश्वस्त भएको बताएका थिए ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष वजिर शाहले व्यवसायीहरुको विच र व्यवस्थापन समितको विचमा भएको बेमेलको कारण समस्या आएको भन्दै समस्या समाधानको लागि सबैले आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा व्यवसायीक सल्लाहकार कृष्ण प्रसाद पोखरेलले संघ सस्थाको सफलता नै व्यवसायीक एकता भएको भन्दै सोही अनुसार योजना बनाएर लाग्नको लागि आग्रह गरेका थिए । कार्यक्रममा उद्यम विकास सहजकर्ता मधुप्रसाद ज्ञवाली, संस्थाका उपाध्यक्ष अमृतभट्टराई, महाचिव मेघनाथ पौडेल लगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डेले बरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गरेको अवसरमा प्रमाणपत्र, दोषल्ला सहित सम्मान समेत गरिएको थियो ।