नगदेबाली तर्फ किसानको आकर्षण: १२ गुणासम्म बढी आम्दानी

  • पालिका र हेफरको साझेदारीमा सञ्चालित कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको सहयोगमा कृषकहरुलाई आलुको बीउमा अनुदान दिईएको थियो
  • बुटवल- स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीका किसान युवराज न्यौपानले आज भन्दा दुई बर्ष पहिला खेतमा धान, गहुँ, मकै खेती गर्दै आएका थिए । स्थानीय कालिगण्डकी दुग्ध उत्पादक किसान समुहका उपाध्यक्ष समेत रहेका न्यौपानेले आफ्नो ४ रोपनी क्षेत्रफलमा गहुँ रोप्दा बर्षमा १२ हजार रुपैयाँ बराबरको गहुँ फल्दथ्यो । तर व्यवसायीक रुपमा उनी सफल भएका थिएनन् ।


    गाउँमा गठन भएको समुह मार्फत स्थानीय कालिगण्डकी गाउँपालिका र हेफर को सहयोगमा पालिकामा किसानलाई व्यवसायीक रुपमा आुल खेतीमा प्रोत्साहन प्रदान गर्ने गरी सम्झौता भयो । किसान न्यौपानेले पहिला ३ मुरी गहुँ फलाउने खेतमा पालिकाले अनुदानमा उपलब्ध गराएको जनकदेव जातको आलु रोपे । अहिले आलु खन्दा उनले ३ मुरी गहुँ फल्ले खेतबाट १ लाख रुपैयाँ बराबरको आलु उत्पादन गर्न सफल भएका छन् । किसान न्यौपाने भन्छन्–‘पहिला १२ हजार मुस्कीलको गहुँ उत्पादन हुन्थ्यो, तर अहिले १ लाख रुपैयाँको त मैले आलु नै बेचिसके ।’ ३ क्वीन्टल आलु रोपका न्यौपानले बजारीकरणको बाटो समेत पहिल्याईसकेका छन् ।
    पालिका र हेफरको साझेदारीमा सञ्चालित कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको सहयोगमा कृषकहरुलाई आलुको बीउमा अनुदान दिईएको थियो । को सहकार्यमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाका अनुसार किसानलाई उद्यमशिलता तर्फ उत्प्रेरित गर्ने े हेतुले साझेदारी परियोजना शुरुवात गरिएको र यसबाट प्रतिकिलो ६० रुपैयाँ अनुदानमा आलुको बीउ उपलब्ध गराइएको वताउनुभयो ।
    कालीगण्डकी गाउँपालिकामा ७५ जना कृषकहरुले ८० रोपनी क्षेत्रफलमा आलु रोपेका छन । कतिपय किसानको खेतमा अहिले आलु छ भने अधिकांश कृषकहरुले खनेर बजारीकरण समेत गरिसकेका छन् ।
    एक किलो आलु रोपेका किसानले ६ देखि १२ गुणा सम्म आलु फलेको बताउँछन् । कालिगडण्डी दुग्ध उत्पादक कृषक समुहकाअध्यक्ष एकादेव भट्राईका अनुसार एक किलो रोपेका किसानले न्युनतम पनि ६ किलो र अधितमक १२ किलो सम्म आलु उत्पादन भएको जानकारी दिए । उनले भने“किसानको एक किलो आलु रोप्दा ६ देखि १२ किलो आलु फलाउनुभएको छ, गहुँ हटाएर आलु रोपेका किसानहरुलाई कुनै पनि पछुतो छैन ।”


    पालिकाले व्यवसायीक किसानहरुको लागि ५ हजार किलो आलुको बीउ हेफर संगको सहकार्यमा अनुदानमा वितरण गरेको थियो । जसबाट ८० रोपनी भन्दा बढि क्षेत्रफलमा आलु खेती विस्तार भएको हो । यो भन्दा पनि परम्परात रुपमा गहुँ खेती गर्दै आएका किसानहरुलाई यो बर्ष आलु खेतीबाट भएको आम्दानीले हौसीएका छन् ।
    समुहले गाउँमा डेरी पसल समेत चलाएको छ । निकट भविश्यमा सहकारीमा जाने गरी योजना बनाएको समुहका उपाध्यक्ष युवराज न्यौपाले जानकारी दिए । । कालिगण्डी गाउँपालिका मिर्मी क्षेत्रमा रहेका ४ वटा समुहमा २५÷२५ जना किसान आवद्ध भएर समुह निर्माण गरेका छन् । यो पटक ७५ जना किसानहरुले व्यवसायीक आलु खेती गरेका हुन । उनिहरुको आलु खेती अन्य किसानहरुको लागि थप कृषिमा प्रोत्साहन हुने प्रकृतिको रहेको पाइएको छ ।
    पालिकाले यो बर्ष देखि विर्घामा चिस्यान केन्द्र निर्माण गरेको छ । जसमा किसानले उत्पादन गरेको बढि भएको कृषि जन्य उत्पादन स्टोर गरेर राख्ने गरी काम भैरहेको पालिकाका उपाध्यक्ष सावित्री कोईराला बताउँछन् । किसानलाई स्थानीय सरकारले अधिकतम लाभ प्रदान गर्ने गरी काम भैरहेको उपाध्यक्ष कोईरालाको भनाई छ ।
    आलु खेतीको अलावा कृषि र पशु उद्यमशिलताको क्षेत्रमा कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाले सहयोग गर्दै आएको छ । विशेषगरी व्यवसायीक रुपमा गाई, भैसीपालन, व्यवसायिक बंगुरपालन, व्यवसायिक तरकारी खेती, व्यवासायिक बाख्रा पालन र स्थानीय जातको कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छन । कृषकहरुको माग र आवश्यकताका आधारमा उन्नत जातका दुधालु गाई, भैंसी, उन्नत नश्लका बंगुरका पाठी र विर, उन्नत नश्लका बाख्रा र बोका सहयोग गरिएको छ । साथै व्यवसायिक तरकारी खेतीका लागि बीउ विजन, टनेल र प्राविधिक तालिम प्रदा गरिएको छ । भकारो सुधार, खोर निर्माण, पशु बीमा, पशुवस्तुको औषधी उपचारमा सहयोग जस्ता कार्यक्रमले पशुपालन उद्यमीहरु उत्साहित भएका छन । कालीगण्डकी गाउँपालिका कृषि विकास शाखासँगको सहकार्यमा परियोजनाले माटो परीक्षण, नर्शरी व्यवस्थापन, रोग किरा नियन्त्रण, बीउ वितरण, हाते टेक्टर लगायतका कृषि औजार तथा उपकरणहरु सहयोग गर्दै आएको छ । कृषि तथा पशुवस्तुको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने र उत्पादित पशुवस्तुको बजारीकरणमा सहयोग गरिएकोले कृषकहरुको आकर्षण बढ्दो छ ।


    कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामा १२५० जना कृषकहरु सहभागि भएका छन । सहभागि कृषकहरुको नेतृत्व विकास, क्षमता विकास, सकारात्मक सोंच अभिबृद्ध गर्दै प्रबृति र व्यवहार परिवर्तन गर्नका लागि हेफर आधारशिला तालिम सञ्चालन भएको छ । सामाजिक पुँजीको निर्माण गर्दै उद्यमशिलता प्रवद्र्धन मार्फत कृषकहरुको आम्दानी बृद्धि गर्ने गरी कार्यक्रम सञ्चालन भएकोले कालीगण्डकी गाउँपालिकालाई नमुना कृषि गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुग्ने देखिन्छ ।

     

    © 2025 krishipatra All right reserved