
बुटवल, चैत ।
तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, स्प्रेयर मेसिन औषधी तथा पानीछिट्ने मेसिन, रिपर धान, गहुँ तथा बाली काट्ने मेसिन , ब्रास कटर लगायतका कृषि औजार बितरण गरेको छ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यसहित परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले नगरपालिकाकार्यालयको ५० प्रतिशत अनुदानमा करिव ५ लाखको कृषि औजार वितरण गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले जानकारी दिएका छन् ।
औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोडदिएको नगर प्रमुख रामकृष्ण खाणले बताए । किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न नगरपालिकाले किसानलाई सहयोग गर्ने नगर प्रमुख खाणले बताए । किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पालिकाले सहयोग पनि गर्ने नगरप्रमुख खाणले बताए ।
कार्यक्रमका अध्यक्ष तथा तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले कृषि गर्ने बिशुद्ध कृषकको माग र प्रस्तावका आधरमा औजार बितरण गरिएकोले यसमा अन्य औजार नपाउने कृषकले आगामी दिनमा प्रस्ताव गरे पाउने र पाएकाहरुले औजारको सदुपयोग गर्नुपर्ने बताए। सो कार्यक्रममा वडा नम्बर ६, ८ १४,१५ र १७ का करिव २२ जना कृषकलाई औजार अहस्तन्तरण गरिएको थियो। कृषकको तर्फबाट बोल्दै उनीहरुले औजार किन्न र सामुहिक रुपमा खेति गर्न असहज भएकोले नगरपालिकाले दिएको अनुदान मार्फत किनेको औजारले कृषकको मुहारमा खुसी ल्याएको र औजारको सहि सदुपयोग गर्ने बताएका थिए।