
बुटवल, चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरि मनाइएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका बुटवलमा मुल समारोह गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पछिल्लो समयमा सहकारी दुईकारणले गर्दा समस्यामा रहेको बताएका छन् ।उनले सहकारीहरुले नीति, विधि भन्दा पनि फरक ढंगबाट सञ्चालन भएको कारण समस्या रहेको साथै अर्को तर्फ सहकारीबाट कर्जा लिएर समयमा नै नतिर्ने बानीको कारण पनि सहकारी समस्यामा रहेको बताए ।
नगर प्रमुख पाण्डेयले सकारी ऐन स्थानीयरुपमा परिमार्जन गर्दै अगाडी जाने योजना समेत रहेको बताउँदै सहकारीलाई पूर्णरुपमा नीति भन्दा विपरित सञ्चालन भएमा कारवाही गर्ने समेत बताए । १२४ वटा सहकारी बुटवलमा दर्ता रहेको भन्दै उनले सबै सहकारीका अध्यक्ष, व्यवस्थापन समितलाई स्पष्ट रुपमा नीति नियम सिकाएको समेत बताए ।
बुटवलमा रहेका सहकारीहरुले कुन सहकारी समस्यामा छन्, सहकारीमा कर्जा लिएर पनि तिर्नेहरुको विवरण बुटवलले राखेर सोही अनुसार कारवाही समेत गर्ने बताए । छात्रवृत्ती सहकारीले दिँदा दोहोरो रुपमा परेको भन्दै अव सहकारी संग छात्रावृत्ती, स्वाथ्य क्षेत्रमा समेत छलफल गरी सोही अनुसार कसैले पनि दोहोरा पना नहुने गरी उक्त कार्य गर्न लागिएको बताए । उनले भने–‘कार्यविधी बनाएर सोही अनुसार हामी तयारी छौ, संघीय ऐन, प्रदेश ऐन नबाझिने गरी ऐन समेत बनाउने तयारी गरिएको छ । ’ सहकारीको नियमन गर्ने निकाय भएपनि त्यसले पुर्णरुपमा नगरेको कारण समस्या रहेको भन्दै उनले बुटवलले नगरप्रमुख गृहणी रोजगार कार्यक्रम मार्फत महिलालाई स्वरोजगार बनाउने गरी काम भैरहेको बताए । सहकारीले अनिवार्य लगानी सहितको आर्थिक सुसासनमा समेत जोड दिएको न गर प्रमुख पाण्डेले बताएका थिए ।
राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक सहकारी महासंघकाकेन्द्रीय लेखा सुपरिवेक्षण समितका संयोजक भिम प्रसाद तुलाचनले राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीले महिला उद्यमशिलता प्रर्वद्धनको लागि काम गर्दै आएको बताउँदै सोही अनुसार कार्य गर्दै नगरपालिकलो गर्दै आएको बताएकी थिईन् । उनले सहकारीले बचत तथा ऋणको मात्रै कार्य नगरेर उद्यमशिलता प्रर्वद्धनको लागि समेत काम गर्नुपर्ने बताएकी थिईन् ।
बुटवल उपमहानरपालिकाको विशेष सहयोगमा आयोजना भएको मुल समारोहमा ‘नेपालको सहकारी अभियान विगत देखि बर्तमानसम्म’ विषयमा सहकारी विषयमा विध्यावारिधी गरेका डा. खगराज शर्माले प्रस्तुतीकरण गरेका थिए । जिल्ला सहकारी संघ रुपन्देही मुख्य आयोजक हो भने रुपन्देही बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक बुटवल, तिलोत्तमा र भैरहवा शाखा, जिल्ला कृषि सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देही, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि बुटवल, सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि, लुम्बिनी विशिष्टकृत सहकारी संघ लि र बहुउदेश्य सहकारी संघ लि रुपन्देही सह आयोजको रुपमा रहेका थिए ।
कार्यक्रममा विभिन्न सहकारी संस्थालाई विभिन्न शिर्षककमा सम्मान गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष बसन्त प्रसाद ढकालले जानकारी दिए । मुल समारोहमा सहकारी दर्पण पुस्तकको आठौ अंक विमोजन गरिएको थियो । सहकारी दिवस मुल समारोहका प्रमुख भिम प्रसाद तुलाचन, राष्ट्रिय सहकारी महासंघ का टिका न्यौपानले लगायतले आ आफ्नो भनाई राखेका थिए ।