
बुटवल, चैत ।
बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषक सहकारी संस्था लिमिटेको आयोजनामा आफ्ना शेयर सदस्यहरुलाई बुटवल उपमहानरपालिका भित्र रहेका विभिन्न व्यवसायीक कृषि फार्महरुको स्थलगत अध्यायन आवलोकन भ्रमण गराएको छ । सहकारी भित्र रहेका किसानहरुलाई पालिका भित्र रहेका अन्य व्यवसायीक किसानहरुले गरेका कृषि कर्मको विषयमा जानकारी प्रदान गरी कृषि तर्फ लाग्नको लागि थप प्रेरित गर्ने उदेश्यका साथ भ्रमण गराएएको सहकारीका अध्यक्ष सुर्दशन जोशीले जानकारी दिए । बुटवल उपमहानरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा बुटवलका विभिन्न वडामा रहेका व्यवसायीक फार्म, पशुफार्म, च्याउ फार्म, बीउ उत्पादक सहकारी, प्याज फार्म, केरा फार्म सहितका फार्मको अवलोकन गराइएको हो । बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेका बुटवल जैविक कृषि सहकारी संस्था लिमिटेडको तरकारी संकलन, कृषि जन्य उत्पादनको विक्री तथा प्रसोधन उद्योगको विषयमा साहुबाबा कृषि सहकारी संस्थाका सदस्यहरुलाई जैविकका उपाध्यक्ष राजन ढकालले प्रकाश पारेका थिए ।
यस्तै बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको फोकस मल्टी एग्रो कन्र्सन सहित बुटवल उपमहानरपालिका १४ र १९ मा सञ्चालन भएको मकै पकेट क्षेत्र को समेत अवलोकन गराइएको थियो । यस्तै बुटवल उप–महानरपालिका–१७ मा रहेका नेपालकै नमुना विउ उत्पादक सहकारी संस्था सिम्रीक कृषि सहकारी संस्थाले गरेका बीउ उत्पादन, बजारीकरणको नमुना अभ्यासको विषयमा समेत अध्ययन र भ्रमण गराएको थियो ।
यस्तै बुटवल उपमहानरपालिका वडा नम्बर १८ मा रहेको २ विघा क्षेत्रफलमा फैलिएको केरा फार्म र सोही स्थान नजिकै रहेको ४ विघा क्षेत्रफलमा गरिएको व्यववस्थित प्याज खेतीको विषयमा समेत सहकारीका सदस्यहरुलाई अध्यान भ्रमण गराइएको हो । यस्तै बुटवल उपमहानरपालिका १८ मा रहेको दुबैली महिला समुह सहित किसानले गर्दै आएको च्याउ उत्पादन र प्याज खेतीको विषयमा समेत प्रकाश पारिएको थियो ।
वडा नम्बर १८ का अध्यक्ष गुरुप्रसाद पंगेनीले वडामा गरिएका विभिन्न कृषि जन्य गतिविधिको विषयमा प्रकाश पारेका थिए । बुटवल उपमहानरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीले किसानहरलाई स्थलगत सहजीकरण सहित कृषिजन्य उत्पादन, बजारीकरण र यसको महत्वको विषयमा प्रकाश पारेका थिए । पालिकाले नगरका किसानहरुलाई गर्दै आएको कृषि क्षेत्रका कार्यक्रम सहित का प्रतिफलमा आधिकारित अनुदान सहितका विषयमा कृषि अधिकृत जिसीले प्रकाश पारेका थिए ।