
बुटवल ,फागुन । प्रदेशमा रहेका पशुपालक किसानहरुको लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानामगरले किसानको लागि प्रदेश सरकार, स्थानीय सरकार र सहकारीका विचमा सहकार्य गरी आउन लागेको नयाँ परियोजनाको पूर्ण सफलता प्राप्त हुनुपर्ने बताईन् । उनले यो विषयमा स्थानीय तहले पूर्णरुपले साथ र सहयोग गर्ने भन्दै यसको लागि स्थानीय पालिकाको भुमिका निर्वाह गर्नको सधैभ तयार रहेको बताईन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख महानिर्देशक डा. प्रवेश सिंह कुँवरले किसानहरुको लागि सहकारी मार्फत पशु उत्पादनकत्वको निर्वाह गर्नको लागि सहयोगी निकाय हुने बताएका थिए । उनले सहकारीमार्फत ईन्टरनेशनल लाईभस्टक रिसर्च काउन्सीलको पहलमा हुन लागेको यो परियोजनाले सबै किसानहरुको लागि समेट्र लैजाने बताए । खासगरी अनुसन्धान र खोजपूर्ण विज्ञहरुको सहभागीता हुने यी र यस्तो प्रकृतिको परियोजनाले दिगो सफलता प्राप्त गर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक लोकराज भुषाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख दिपक भुषाल, कपिलवस्तु प्रमुख डा. प्रवेज आलम लगायतका व्याक्तिहरुले आ आफ्नो भनाई राखेका थिए ।
बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा छललफल कार्यक्रममा परियोजना लागू भएका प्रदेशका ४ जिल्लाका पालिकाका उप प्रमुख तथा पशुसेवा शाखा प्रमुख, जिल्लाका भेटेनरीनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख तथा प्रतिनीधीहरु सहित स्थानीय सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागीता रहेको थियो ।