रिब्दीकोटमा पिपीआरले बाख्रा मर्न थालेपछि किसान चिन्तित

  • के हो पिपीआर रोग, जानौ बच्ने, बचाउने उपाय
  • बुटवल, फागुन ।
    पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का किसानले पालेका बाख्रामा पिपीआर रोग देखिएपछि किसान चिन्तित देखिएका छन् । पालिकाको वडा नम्बर ६ मा व्यवसायिक रूपमा पालेका ३ सय ५० भन्दा बढि बाख्रामा एकैपटक महमारीको रूपमा यो रोग देखा परेको पालिकाको पशु शाखा प्रमुख गिता नेपालीले जानकारी दिईन् ।
    उनका अनुसार गत माघ २५ गते मरेको बाख्राको नमूना संकलन गरी प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीमा परिक्षणको लागि पठाइएकोमा पिपीआर रोग लागेको पुष्टी भएको हो । सोही पालिकाको वडा नम्बर ४ मा पनि सोही प्रकृतिको रोगको लक्षण देखिएको पाइएको पशुप्राविधिक नेपालीको भनाइ छ । तर यसको भने पुष्टी हुन बाँकी छ । पालिकामा भित्र हालसम्म १५ भन्दा बढि बाख्रा मरिसकेका छन् भने ३ सय ५० भन्दा बढि बाख्रा बिरामी भएका छन् । पशुशाखा प्राविधिक नेपाली भन्छिन्–‘रोग प्रमाणित भएपछि हामीले यो विषयमा रोग निधानको लागि उपचार अगाडि बढाएका छौं, बाख्रा मर्ने दर कमी भएको छ । हेरौ रोगथाम हुन्छ की थाहाँ छैन ।’

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालका अनुसार पशु अन्वेशष्ण प्रयोगशालाबाट पिपीआर रोग भेटिएको पुष्टी भएपछि विज्ञ केन्द्रको बजेटमा ५० हजार रूपैयाँ बराबारको औषधी खरिद गरी पालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले वडा नम्बर ६ र ८ को ठीमुरे क्षेत्रमा देखिएको पिपीआर रोग को आवश्यक उपचारका लािग औषधी, थप रिक्षणको लागि किट समेत उपलब्ध गराइएको जानकारी दिए । उनले भने–‘यो विषयमा थप फिल्डमा समेत जाने योजना छ, हामी थप के के सहयोग गर्न सकिन्छ, पालिकाको संमन्वयमा हामी गर्ने छौं ।’ पालिकाको अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षण देखिएको भन्दै उनले यो विषयमा परिक्षणको लागि पोखरा प्रयोगशालाबाट थप किट ल्याएर परिक्षण गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।

    बाख्रामा लाग्ने रोगहरूमध्ये पि।पि।आर। रोग सूक्ष्म विषाणुबाट लाग्ने अत्यन्त सङ्क्रामक महामारी रोग हो । भेडाबाख्रामा लाग्ने तर बाख्रामा बढी असर गर्दछ । यस रोगका मुख्य लक्षणहरूमा बाख्रालाई ज्वरो आउने, छेर्ने, मुखभित्र घाउ हुने र अन्त्यमा निमोनिया भएर मर्ने हुन्छन । रोग नभित्रिएको क्षेत्रका बाख्रामा यो रोग फैलिएमा सबै भेडाबाख्रामा रोग लाग्ने र २० देखि ९० प्रतिशतसम्म बाख्राहरू मर्न सक्छन् ।

    तीन महिनादेखि दुई वर्षको उमेरभित्रका बाख्रामा यो रोगले बढी असर गर्दछ । मानिसमा यस रोगको सङ्क्रमण नहुने पशु प्राविधिक बताउँछन् । रोग अति तीक्ष्ण र जटिल नभएको अवस्थामा लक्षण देखा परेको ८ देखि १० दिनपछि रोगी बाख्राहरू निको हुन सक्छन र यसरी निको भएपछि जीवनभरि यो रोग लाग्दैन । पि।पि।आर। एउटा महामारी रोग भएकोले चाँडै पैmलिने हुन्छ, यो रोग लागिसकेपछि कृषकले धेरै नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ । बाख्रालाई रोगबाट बचाउन यस रोगविरुद्ध खोप लगाउनुपर्दछ ।

    सुरुमा १०४ देखि १०६ डिग्री सेल्सियससम्म ज्वरो आउने, थुतुनो सुख्खा हुने, झोक्रिने, आहारा नखाने, आँखामा कचेरा लाग्ने, आँखा रातो हुने र आँसु बग्ने र ¥याल काढ्ने र छेर्ने हुन्छन । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा। प्रवेश सिंह कुँवरका अनुसार पाल्पा जिल्लामा पिपीआर समस्या देखिएको भए उक्त क्षेत्रको लागि खोप खरिद गरेर दिन सकिने बताए । यो बर्ष फागुनको अन्तीम हप्ता वा चैतको पहिलो हप्ता मात्रै प्रदेशमा खोप आउने र बल्ल खोप अभियान चलाउने भएको कारण केही ढिलाई भएको उनको भनाइ छ ।

    तर प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला मार्फत खोप व्यवस्थापनको काम भैरहेको भने उनले बताए । आवश्यक स्थानमा खोप लगाउनको लागि तत्काल खरिद गरेर पनि गर्न सकिने अवस्था रहेको प्रमुख कुँवरको भनाइ छ । उनका अनुसार समस्यादेखिको स्थानमा खोप ल्याउनको लागि पोखरा क्षेत्रीय प्रयोगशालाबाट व्यवस्थापनको काम भैरहेको जानकारी दिए । थप अवश्यक भएमा संघीयस्तरबाट समेत खोप ल्याएर लगाउने काम गरिने प्रमुख कुँवरको भनाई छ ।
    पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका बाट प्रत्येक बर्ष ८ हजार देखि ८५ सय भन्दा बढि खासी बोका विक्रि हुँदै आएका छन् ।

    रेडा पाल्पाका प्राविधिक मिना खड्काका अनुसार अहिले पालिकामा व्यवसायिक रूपमा पशुपालन गर्दै आएका किसानहरू ३ हजार ५ सय भन्दा बढि छन् ।पालिकाले बिहीबार पनि उक्त प्रभावित क्षेत्रमा अनुगमन अध्ययन गरेको छ । पशुस्वाथ्य प्राविधिक सहित अवलोकन गरिएको पशुस्वास्थ्य शाखा प्रमुख गिता नेपालीको भनाई छ । नेपालीका अनुसार पिपीआर रोग लागेपछि ८० प्रतिशत भन्दा बढि बाख्रा मर्ने गर्दछन् । तर गत बर्ष, अघिल्ला बर्षहरूमा पनि पालिएका बाख्रामा नियमित खोप लगाएको कारण मर्ने क्रम भने कम रहेको प्राविधिक नेपालीको भनाइ छ । रोगका बृद्ध अवस्थामा रहेका बाख्रा मरेपनि अन्यको भने निको हुँदै जाने क्रम बढ्द गएको पाइएको छ ।#cast:butwal today

    के हो पिपीआर रोग, जानौ बच्ने, बचाउने उपाय

    daily

    © 2025 krishipatra All right reserved