डिडिसी बुटवलको  प्रोबायोटिक्स दही  बजारमा

बुटवल  फागुन । दुग्ध विकास संस्था लुम्बनी दुग्ध वितरण आयोजना (डिडिसी) बुटवलले  पहिलो पटक प्रोबायोटिक्स दही बजारमा ल्याएको छ । बुटवल औद्योगीक क्षेत्रमा रहेको आयोजनाले पहिलो पटक ‘डिडिसीको प्रोबायोटिक्स दही सेवन गरौ, आफ्नो आन्द्रा स्वाथ्य र बलियो बनाऔं’ भन्ने नारा सहित  उक्त उत्पादन बजारमा ल्याइएको डिडिसी लुम्बिनी  दुग्ध वितरण आयोजना बुटवलका बजार व्यवस्थापन प्रमुख ऐयुव अलीखानले जानकारी दिए । प्रोबायोटिक्स दहीले मानिसको  पाचन प्रणाली सुधार  गरी प्रोबायोटिक्स ब्याक्टेरियाले पेटमा राम्रो ब्याक्टेरियाको सन्तुलन राख्न मद्दत गर्ने र जसले अपच, ग्याँस, र कब्जियत कम गर्न सहयोग पु¥याउने उनको भनाई छ ।

यस्तै  यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने भएकाले विभिन्न रोगहरू विरुद्ध लड्न सहायता प्रदान गर्ने जनाइएको छ । डिडीसीबाट उत्पादन भएका दही, दुग्ध जन्य पद्धार्थहरु डिडीसीको सेल्स डिपो तथा बुटवलको भाटभटेनी सहित विभिन्न विक्रेताहरुकहाँ उपलब्ध रहेको छ ।

© 2025 krishipatra All right reserved