ख्याल गरौ कतै भयावह त हुदैछैन ? रेबीज रोग

  • एउटा कुकुर रेबीज लागेपछि २५ किलोमिटर वरपरका पशु चौपाय, मानिसमा टोक्दै हिँडेको समेत पाइएको छ ।
  • बुटवल, 
    रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ३–४ दिनको फरकमा कुकुरमा रेबिज देखियो । रूपन्देहीकै ओमसतिया गाउँपालिकामा रहेको एक फार्मका चौपायामा पनि रेबिज पुष्टी भयो । यो रोग लागेपछि पशु चौपायको मृत्यु निश्चित जस्तै छ । केही समय पहिला नेपालगञ्जमा घोडामा पनि रेबिज पुष्टी भएको थियो ।

    रूपन्देही सहित गुल्मी, कपिलवस्तु, बाँके, रूपन्देही जिल्लामा ६ महिनाको अन्तरालमा नमूना परिक्षण गर्दा १० भन्दा बढि रेविजका केश भेटिएको पुष्टी भएको छ । पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा। भरत काफ्लेका अनुसार रेबीज रोग भेटिने क्रम बढ्दो छ । यसरी रेबिजका केश भेटिदै जानुले भविष्यमा महामारी समेत हुन सक्ने संकेत समेत गर्न सकिने प्रयोगशाला प्रमुख डा। काफ्लेको भनाइ छ । खासगरी एउटा रेबीज रोग लागेको कुकुरले समुदायका अन्य कुुकुर, पशु चौपाय सहित मानिसलाई समेत टोक्न सक्छ । एउटा कुकुर रेबीज लागेपछि २५ किलोमिटर वरपरका पशु चौपाय, मानिसमा टोक्दै हिँडेको समेत पाइएको छ ।

    तिलोत्तमामा रेबीज पुष्टी भएको केश मात्रै हो । तर समुदायमा कतिपय केश परिक्षण नगरिएको कारण यसको फैलावट समेत धेरै भएको आशंका समेत गरिएको छ । खासगरी रेबीज लागेको कुकुर, चौपाय पशु, मानिसमा टोक्दा यो रोग सर्दछ । जुन रोग लागेपछि चौपायको मृत्यु हुने भएको कारणले कुनै बेला समाजमा भयावह रूपमा फैलिन सक्ने भएको कारण बेलैमा मानिस सचेत हुन आवश्यक रहेको डा। भरत काफ्ले बताउँछन् । उनका अनुसार यसको लागि पालिकाहरूले सामुदायिक कुकुर, घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गराउँदा अनिवार्य रूपमा रेबीज विरुद्धको खोप लगाउने अभियानमा सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    रेविज जनावरहरूवाट मानिसमा सर्ने विषाणुवाट हुने रोग हो । यस रोगमा दुई किसिमका लक्षणहरू देखा पर्दछन । उत्तेजक र पक्षघात, सामान्यतया धेरै जसो विरामीहरूमा उत्तेजक किसिमका लक्षणहरू देखा पर्दछन । रेविज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमवाट सर्दछ । रेविज रोग लागेर वहुलाएको जनावरहरूको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा र नाकमा ¥याल परेमा पनि रोग सर्न सक्तछ । दक्षिण पूर्वी एशियाका मानिसहरूमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरू जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य
    मांसाहारी जनावरहरूको टोकाईवाट पनि रोग सर्ने गरेको रिर्पोटहरू छन् । तर वांदर र मुसाहरूवाट विरलै सर्ने सर्दछ । रेविज रोग लागेका घोडा र गधाहरू वढी उत्तेजित हुन्छन् र नराम्रोसंग टोक्दछन् । रेविज रोग लागेका गाई, भैसीहरूले टोक्दैनन् तर ¥याल चुहाईरहेका विरामी पशुहरू जाँदा सावधानी अपनाउनु पर्दछ । कहिले काही पशु धनीहरू रेविज रोगलाई खोरेत, भ्यागुते वा घाटीमा केहि अड्किए भनि झुक्किएर हातले औषधि खुवाउने कोशिस गर्दा रेविज रोग सर्न सक्ने डा। काफ्लेको भनाइ रहेको छ ।

    समाजमा रहेका सामुदायिक कुकुर वा घरपालुवा कुकुरमा रेविज रोग लागेको कुकुर विना कारण टोक्ने, अस्वाभाविक वस्तुहरू जस्तै लठ्ठी, कांटी, दिशा आदि खाने, बिना कारण जथाभावी दौडने, स्वरमा परिवर्तन आउने जस्तै घोक्रे स्वर निकालेर भुकिरहने वा स्वर निकाल्न नसक्ने जस्ता लक्षण देखाउने गर्दछ । यस्तै अत्यधिक याल काढ्ने वा मुखबाट फिज आउने, तर पानी देखि नडराउने पनि लक्षण देखाउँछ । यो देखिएमा तुरुन्त उपचारको लागि लैजान पशुचिकित्सकहरूले आग्रह गरेका छन् ।
    लुम्बिनी प्रदेश सरकारले रेबीज रोग विरुद्धमा खोप अभियान चलाउँदै आएको छ । यस्तै पालिकाहरूको सहकार्यमा सामुदायिक कुकुर, घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण समेत गराउँदै आएको छ । पशुरोग अन्वेशषण प्रयोगशालाले प्रदेशमा विभिन्न स्थानमा समेत यो अभियान चलाउँदै आएको छ । केही समय पहिला नेपालगञ्जको ईट्टा भट्टीमा रहेका घोडा, गधामा रेबीज देखिएपछि उक्त क्षेत्रमा नै खोप अभियान चलाईएको प्रयोगशाला प्रमुख डा। काफ्ले बताउँछन् । अहिले भने उक्त स्थानमा रेबीज रोग देखिएको छैन । तर रूपन्देहीमा भने केही दिनको अन्तरमा रेबीज रोग दिएको हो । जसले समुदायमा भित्र भित्रै भुसको आगो जस्तै फैलिएको हुन सक्ने अनुमान गरिएको छ । रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने ।

    कुकुर,  चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पु¥याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
    पशुरोग अन्वेशण प्रयोगशालाले गत साउन १ गते देखि माघ २३ सम्म गरेको परिक्षणमा रूपन्देही जिल्लामा सबैभन्दा बढि ६ पटक रेबीज भेटिएको छ । बुटवल उपमहानपालिका वडा नम्बर २ मा कुकुरमा गत साउन ३ गते, मंसिर १३ मा देवदह नगरपालिका ८ मा गाईमा, माघ १३ मा सैनामैनानगरपालिका मा भेडामा, तिलोत्तममा माघ २० गते कुकुरमा, तिलोत्तममा माघ २२ गते अर्को कुकुरमा र माघ २३ गते ओमसतियामा रहेको भैसीमा समेत रेबीज देखिएको हो ।

    पशुरोग अन्वेशषण प्रयोशाला प्रमुख डा। भरत काफ्लेका अनुसार साउन १ देखि माघ २३ सम्म ११ वटानमुना परिक्षण गर्दा रेबीज देखिएको छ । कपिलवस्तु, नवलपरासी, बाँके, दाङ, रूपन्देही गुल्मीमा समेत रेबीज देखिएको हो । परिक्षण गरिएको केसमा सबैभन्दा बढि कुकुरमा, त्यसपछि भैसीमा, गाईमा, घोडा र भेडामा समेत रेबीज पुष्टी भएको हो । प्रयोगशालामा आरडीटी परिक्षण र एएटी परिक्षणबाट समेत पुष्टी भएको हो । नवलपरासीमा कुकुरमा गरिएको परिक्षणमा आरडीटीमा परिक्षण गर्दा एउटा केश भने पुष्टी हुन सकेन । कुल १२ नमुना परिक्षण गरिएकोमा ११ वटा परिक्षण गर्दा रेबीज पुष्टी भएको हो ।

     

    © 2025 krishipatra All right reserved