
बुटवल माघ– प्रधानन्त्रीकृषि आधुनिकीकरण परियोजना अन्र्तगत देशका ३ वटा प्रदेशको दोस्रो चौमासिक समिक्षा रुपन्देहीमा गरिएको छ । लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेका कार्यको विषयमा रुपन्देहीमा समिक्षा गरिएको हो । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ मा आयोजना गरिएको समिक्षा कार्यक्रममा बोल्दै जिल्लाका जिल्ला संमन्वय अधिकारी उमाकान्त चपाईंले परियोजनाको काम नतिजा मुखी हुनुपर्ने बताएका थिए ।
उनले उत्पादनको विविधकीकरण संगै किसानलाई उत्पादनसंग जाड्न सक्ने गरी दिगो प्रकृतिका पुर्वाधार, ज्ञान, सीप र क्षमता विकास गर्न सकेमा मात्रै परियोजना लागू भएको सार्थकता हुने धाराण राखे । अवको पुस्ता विदेश पालयन रोक्नको लागि यी र यस्ता प्रकारका परियोजनाहरुले किसानलाई स्वदेशमा नै उद्यमशिलता बनाउने काममा जोड दिनुपर्नेमा जिल्ला संमन्वय प्रमुख चपाईंको भनाई थियो । किसानको उत्पादन लागत कम गरी बजारीकरण गर्ने प्रकृतिका योजना ल्याउनको लागि सबैले सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।उनले भने–‘अहिले एक किलो काउलीको ४ रुपैयाँ दाम किसानले पाएका छन् तर उत्पादन लागत किसानको प्रतिकिलो हिसाव गर्दा २१ रुपैयाँ भन्दा बढि हुन आउन्छ, किसानले कहाँबाट लाभ पाउछन् ?, यसमा सबैजना गम्भिर भएर लाग्न आवश्यक छ । ’ रुपन्देहीका स्थानीय तहरुले किसान परिचय पत्र, किसान कार्ड लागू गर्न आवश्यक रहेको भन्दै उनले केही पालिकाले यो अभियान सुरुवात गरेको भएपनि यसले पुर्ण सार्थकता पाउन नसकेको बताएका थिए । उनले भने–‘स्थानीय तहले किसान कार्ड यो बर्ष लागू गर्ने गरि योजना बनाएका छन्, हामी संमन्वयकारी भूमिका निर्वाह गरिरहेका छौं ।’
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले पहिलो पटक स्थानीय तह, प्रदेश र संघीय सरकारले सहकार्य गर्ने गरी ल्याइएको परियोजनाले केही परिणाम देखाएको भएपनि यसबाट पूर्ण सन्तुष्ट हुने अवस्था नआएको बताए । उनले अहिले पनि कतिपय पालिकामा योजना डुब्लीकेशसनको अवस्था रहेको भन्दै यसको लागि एउटा सञ्जालन नि र्माण गरि आवश्यकताको आधारमा योजना निर्माण गरी सोही योजना बमोजिक काम गर्न आवश्यक रहेको बताए । पछिल्लो समयमा किसानको क्षेत्रमा, कृषिमा काम भएन भनेर आरोप को आरोप मात्रै आउने गरेको भन्दै सचिव देवकोटाले यसमा कुनै सत्यता नभएको समेत बताए । उनले भने –‘आरोप लगाउने मात्रै काम छ काम गरेर आएमा छन् , जुन वाहिर प्रचार भएका छैनन, हामी यसमा गम्भिर भएर लागिपरेका छौं । ’ गाउँ गाउँमा किसानहरुले गरेका नमुना योग्य काम भएपनि त्यसको प्रसार प्रसार भन्दा पनि नकारात्मक काममा बढि प्रचार हुने गरेको कारण काम नदेखिएको मा अव भने यसो नहुने बताए ।
अवको योजना उपलब्धि के हो ? त्यसमा जोड दिन जरुरी रहेको उनको भनाई छ । प्रदेश सकरारले हाल सम्म अरोवौ रुपैयाँ अनुदान, पुर्वाधारमा लगानी गरेको तर यसको प्रतिफलको विषयमा प्रश्न खाडा भएको भन्दै उनले मन्त्रालयले यो विषयमा गम्भिर भएर वितरण गरिएका यन्त्र, उपकरणको विषयमा के कस्तो अवस्थामा छन्, त्यसको विवरण संकलन गरी काम गर्ने योजना बनाएको बताए ।उनले भने–‘पुर्वाधार निर्माणका मा के छ, सबै निकायको काम भैरहेको छ । अरावौ लगानि उपयोग मा लैजाने काम भेरहेको छ । काम को अभिलेखिकरण गर्न आवश्यक छ ’ प्रदेश सकरारले यो बर्ष दुग्धजन्य बस्तु निर्यात गर्ने फार्म लाई अनुदान दिने गरी कार्ययोजना निर्माण गरेको र त्यसलाई लागू गर्ने समेत बताएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना केन्द्रीय निर्देशक बैकुण्ठ अधिकारी, लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका महानिर्देशक डा. प्रवेश सिंह कुँवर लागायत कृषि तथा पशुपंक्षि क्षेत्रका सम्बन्धीत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अवस्था, भएका उपलब्धी लगायतका विषयमा प्रदेश संमन्वय समितिका प्रमुख तथा प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख नारायण काफ्लेले प्रस्तुतीकरण गरेका थिए । यस्तै बागमतीको महेश कुमार रेग्मी, गण्डकीको माधव प्रसाद लम्सालले आ आफ्नो प्रस्तीकरण गरेका थिए ।