किसानका समस्या बुझ्न तिनाउका खेतबारीमा प्राविधिक टोली

 बुटवल  माघ–तिनाउ गाउँपालिका वडा नं ३ भित्र मात्र हुने स्थानीय आलु, लग्दुवाली आलु जोगाउन सरोकारवालाको चासो बढेको छ ।
एकदमै मिठो स्वाद, छिट्टै पाक्ने , झोल र भुजिया बढी रुचाईएको रैथाने लग्दुवाली आलुलाई जोगाउन कृषकको सकस परिरहेको अवस्था छ।
“यस प्रकारको जातमा बोक्रा पात्लो , दानामा पानीको मात्रा बढी हुने हुदाँ बीया छिट्टै कुहिन्छ, यस आलुको वीउ विजन जोगाउन कृषकलाई गाह्रो हुन्छ। यस्ताे समस्याको समाधानका उपायहरु के होला , कसरी लग्दुवाली आलु जोगाउन सकिन्छ भने कुराको निक्र्यौल गर्न कृषकहरुको प्रतिक्रिया लिन यसरी खेतबारीमा आएका छौं” तिनाउ गाउँपालिका कृषि विकास शाखामा कार्यरत कृषि प्राविधिक बिरेन्द्र प्रसाद साहले बताए ।

कृषक जिवनाथ पाण्डेले भने “यो गाउँमा पहिला पुरै गाउँ भरि यहि आलु थियो अहिले हराउदै छ। बिउ बचाउन नसकेर यसको कृषक घटदै गएको र सरकारले यस आलुको बीउ जोगाउने भण्डार वा कुनै प्रविधि सिकाई दिए फेरी पनि गाउँमा भरी यो आलु हुन सक्छ । ”

लग्दुवाली आलु प्रवर्द्धन तथा संरक्षण गर्ने उदेश्यले खेतवारीमै पुगि कृषकहरुको समस्याहरु बुझ्न, अन्तरक्रिया तथा छलफल गर्नको लागी लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका महानिर्देशक राम प्रसाद पाण्डे सोही कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे तिनाउ गाउँपालिकाका कृषि प्राविधिक विरेन्द्र प्रसाद साह तथा स्थानिय जनप्रतिनिधि टंकनाथ बस्याल र किसन बि.क.को उपस्थितिमा खेतीबारीमै पुगि अन्तरक्रिया तथा बृहत छलफल गरिएकाे छ ।

चिकित्सकहरूले परम्परागत खानपिन शैली अर्थात् रैथाने बालीहरु उपभोग गर्नु पर्ने सल्लाह दिइरहँदा यस्ता रैथाने बालीहरुलाई प्रवर्द्धन तथा संरक्षण र बजारीकरण गर्नु पर्ने आवश्यकता देखिएको छ।

 

© 2025 krishipatra All right reserved