श्रीनगर एग्रीटेको आयोजनामा एक दिने गाई–भैसी पालन तालिम प्रदान

बुटवल, माघ । श्रीनगर एग्रीटेक ईन्डष्ट्रिजको आयोजनामा एक दिने गाई भैसी पाालन तथा आहारा व्यवस्थापन तालिम पोखरामा प्रदान गरिएको छ । दाना उत्पादन क्षेत्रको अग्रणी संस्थाको रुपमा पहिचान बनाएको श्रीनगर एग्रीटेक ईन्डष्ट्रिज लिमिटेडको आयोजनामा पोखारा महानगरपालिका वडा नम्बर २३ माझथुम मा तालिम सम्पन्न भएको हो । एसके एग्रीकल्चर प्रालि र पञ्चासे डेरीको व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा वडा नम्बर २३ र २४ का ६५ जनागाई भैसी पालन किसानहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वडा नम्बर २४ का वडा सदस्य रेशम सुवेदीको प्रमुख आतिथ्यतारहेको थियो ।
कार्यक्रममा श्रीनगर एग्रीटेक ईण्डष्ट्रिजका र यसको उत्पादनको बारेमा नेशनल सेल्स म्यानेजर डा. गिरीराज खनालले सहजीकरण गरेका थिए । साथै वडा नम्बर २३ का पशुसेवा शाखा प्रमुख जनार्दशन शर्मा र प्रशिक्षक जनकराज भट्राईले गाई भैसी पालनको बर्तमान अवस्था, समस्या तथा अवसर र चुनौतिको बारेमा प्रकाश पारेका थिए ।
प्रशिक्षकहरुले गाई भैसीमा आहारा व्यवस्थापन, बाँझोपना समस्या र यसको निराकरण तथा व्यवस्थापनको बारेका बताएका थिए ।
कार्यक्रममा एसके एग्रीकल्चर प्रालिका नारायण ढकालले उत्कृष्ठ कृषकहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए । देशकै अग्रणी संस्था श्रीनगर एग्रीटेक ईण्डष्ट्रिज ले किसानहरुको क्षमता अभिवृद्धि गर्ने खालका तालिम तथा कार्यक्रम देशका विभिन्न ठाउँमा गर्दै आएको छ । पब्लिक लिमिटेड कम्पनीको आईपीओ समेत निकटभ विश्यमा आउने क्रममा समेत रहेको छ ।
कार्यक्रमको सञ्चालन पञ्चारे डेरीका व्यवस्थापक विरेन्द्र गौतम र किरण त्रिपाठीले गरेका थिए ।

© 2025 krishipatra All right reserved