बुटवलका मासु व्यवसायीले बधाशालाको मात्रै मासु बेच्ने सहमती (सहमती पत्र सहित)

बुटवल, माघ ।
बुटवल उपमहानपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरु जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका मासु व्यवसायीहरुले २५ बुँदे सम्झौता गरी अव बधशालाको स्वच्छ, सफा मासु विक्रि गर्ने भएका हुन । ५ बर्षको लागि टेन्डर पाएको मुक्तीनाथ लाईभस्टक बैंकले एक बर्ष समय विताईसकेको छ । तर आफुहरुलेले व्यवसायी सहित किसान, महिला उद्यमीहरुको सहभागीतामा निर्माण गरिएको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालि(कम्पनी)ले टेन्डर नपाएको भन्दै बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानरपालिले बनाएको नीति विपरित बधशालाको मासु विक्री नगर्ने भन्दै आएका थिए ।


बुटवल उपमहानरपालिका र मासु व्यवसायी संघ रुपन्देहीका विचमा २५ बुँदे सहमती भएपछि मासु व्यवसायीहरुले अव बधालाको मासु विक्री गर्ने भएका छन् । विहिबार बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधालाको मासु विक्री गर्ने सहमती पत्र आदान प्रदान गरिएको हो । यद्यपी यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानरपालिका का नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रुपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए । उनले मासु व्यवसायीहरुले बधशाला जाने निर्णय गर्नु आफमा सकारात्मक, स्वागत योग्य भएको भन्दै विगतका बर्षमा मासु व्यवसायी रुपन्देही प्रालिले मासु बध गर्ने स्वीकृत नै नलिएको कारण र टेन्डरमा सहभागी नभएको कारण टेन्डर दिन नसकीएको जानकारी दिए । उनले आगामी दिनमा पक्रियाबाट आउने जो कोहीलाई पनि नगरपालिकाले स्वागत गर्ने भन्दै उनले समस्या समाधानको लागि सबै संग हातेमालो गर्ने समेत जनाएका थिए । बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले बुटवलमा बध गरेको मासु विदेश समेत पठाउन सकिने गरि योजनना ल्याईएको बताईन् ।
स्वास्थको दृष्टिकोण बाट बधशाला मा बध गरिएको मासु खानुपर्ने , स्वाथ्यका दृष्टिकोणबाट समेत राम्रो भएको बताईन् । बुटवलका सबै बासिहरुले बुटवलको बधशाला को मासु खानु पर्ने प्रतिवद्दता जनाउनु पर्ने बताईन् । उनले भनिन् ः–“ बधशाला को बाहेक अन्यमासु प्रयोग गर्नु पर्दछ, यदि होटल तथा रेष्टुरेन्टमा मा बधशालाको मासु नभएमा हामी सिल गर्न बाध्य हुने छौ । “


मासु व्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष विशाला थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरुपमा पालन गर्नको लागि दुबै पक्ष सचेत हुनुपर्ने बताएका थिए । बुटवल राम्रो बन्नको लागि सेवा प्रवाह को लागि सकारात्मक प्रचार गर्न आवश्यक छ ।‘राम्रो कामका कार्यको प्रचार प्रसार नगरपालिकाले गर्न आवश्यक छ । ’– उनले भने । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी होटल तथा रेष्टुरेन्ट व्यवसायी ले स्वच्छ, सफा मासु विक्रिको लागि प्रतिद्ध रहेको बताउँदै सोही अनुसारको योजना बनाएर लाग्नुपर्ने बताएका थिए ।

बुटवलको पशुबधशाला प्रदेश सरकार र बुटवल उपहानरपालिकाको लगानी र हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । जसमा हेफरले करिव ४ करोड भन्दा बढिको प्राविधिक सहयोग गरेको थियो । २३ करोड बढि लागतमा बुटवलको पशुबधाला निर्माण भएको छ ।

यस्तो छ, २५ बुँदे सहमती पत्र

© 2025 krishipatra All right reserved