
बुटवल, माघ । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेबारीमा याम नारायण देवकोटा पुनः नियुक्ती भएका छन् । यो भन्दा पहिला मन्त्रालयको सचिव जिम्मेबारी सम्हालीसकेका देवकोटा मन्त्रालयबाट सरुवा भएर बुटवलमा रहेको कृषि विकास निर्देशनालयको महानिर्देशकको रुपमा आएका थिए ।
केही समय पहिला संघीय मन्त्रालयबाट आएका कृषि सचिव डा. नम्रता सिंह मधेस प्रदेशमा हुँदा आर्थिक अपचलन गरेको भन्दै अख्तियारमा मुद्धा दर्ता भएको थियो । मुद्धा दर्ता संगै स्वत निलम्बन मा परेकी सिंहको स्थानमा देवकोटा पुनः नियुक्ती भएका हुन ।
सिंह गएपछि प्रदेशको कृषि मन्त्रालय खाली रहेको थियो । कृषि ,भुमि ब्यबस्था तथा सहकारी मन्त्रालयमा सरुवा भइ आएका सचिव देवकोटाका स्वागत गरिएको प्रदेशका कृषि मन्त्री दिनेश पन्थीको सचिवालयले जनाएको छ ।