
बुटवल: नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । डेरी उद्योगमा दर्ता भएका देशभरबाट आएका व्यवासायीहरुको सहभागीतामा बुटवलमा केन्द्रीय साधारण सभा गरिएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्ध क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि ऐन संसोधन गरेभएपनि आफुले सक्दो सहयो गर्ने प्रतिवद्धता जनाए ।
लुम्बिनी प्रदेश विस्तारै दुध र दुग्धजन्य बस्तुमा आत्भर्निर बन्दै गएको अवस्थामा प्रदेश सरकारले किसान, व्यवसायीहरुको सधै साथमा रहेको भन्दै उनले जस्तो सुकै समस्या समाधानको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका हुन । कार्यक्रममा बोल्दै मन्त्री पन्थीले भने–‘दुध र दुग्ध क्षेत्रमा के कस्ता समस्या छन्, आउनसहोस्, हामी समस्या समाधानको लागि हातेमालो गर्न तयार छौैं ।’
दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्द जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कामी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट संभव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडी बढ्नुपर्ने र यसमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा पशुसेवा विभागका उप महानिर्देशक डा. लेखराज दाहालले अवको कृषि क्रान्ति यन्त्रीकरण मा हुनुपर्ने धारणा राखेका थिए । उनले दुधमा गुणस्तर कायम गर्न सकीएन भने अन्य देशमा निर्यात गर्न नसकीने भएको कारण दुध उत्पादक किसान, संकलन कर्ता, उद्योगी सबैले अन्तराष्ट्रिय स्तरको मापदण्डमा रहेर दुधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिएका थिए । नेपालबाट पनि विभिन्न देशमा निर्यात गर्नको लागि विभागले विभिन्न निकाय संग सहकार्य गर्दै अगाडी बढिरहेको बताएका थिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले अवको कृषि क्षेत्रको क्रान्तिका लागि यन्त्रीकरणमा जोड दिनुपर्ने बताएका थिए । उनले किसानको समस्या समाधानको लागि बोर्डले निरन्तर लागिपरेको बताउँदै सोही अनुसारको समस्या समाधानको लागि लागिरहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल डेरी एशोसीयसन का केन्द्रीय अध्यक्ष प्रल्हाद दहालले सरकारले लागानी सम्मेलन गरी रातो कार्पेट ओच्छाएर विदेशी लगानीकर्ताहरुलाई स्वदेशमा सहुलियतमा भित्र्याउँदै गर्दा स्वदेशी उद्योगी, स्वदेशी कच्चा पद्धार्थको प्रयोग गरी विभिन्न बस्तु उत्पादन गरी बजारीकरण गर्दै आएका व्यवासायीहरुलाई भने हेलाको दृष्टिकोणबाट हेर्नु आफैमा जायज कुरा नभएको बताएका थिए ।
उनले नेपाली किसानहरुको उत्पादन अन्तराष्ट्रिय बजारमा पुग्नको लागि सरकारले नीतिगत सुधार सहितका कार्यक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एशोसीयसनका सल्लाहार तथा पुर्व मेयर हिरा बहादुर खत्री, दुग्ध विकास आयोजना लुम्बिनी वितरण आयोजना प्रमुख कृष्णप्रसाद अर्याल, डेरी उद्योग संघ लुम्बिनीका अध्यक्ष विक्रम रिजाल, नेपाल डेरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष सुमित केडीया, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, घरेलुु तथा साना उद्योग महासंघ लुम्बिनी का बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सम्मानित व्यवसायी लिलाधर शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा एशोसीयसनले विभिन्न डेरी उद्योग व्यवसायीहरु, प्रदेश समिति सदस्य सहित लाई सम्मान गरेको थियो ।
यस्तै सञ्चारक्षेत्रबाट दुध र दुग्धजन्य बस्तुको प्रसार मा महत्वपूर्ण योगदान दिएको भन्दै दुई जना पत्रकारलाई नगद सहित सम्मान गरिएको छ । कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका कृषि पत्र खबर पत्रिका, कृषि पत्र डट कमका सम्पादक तथा प्रकाशक ,बुटवल टुडे पत्रिकाका उप सम्पादक कृष्ण खनाल र आर्थिक आवाज का सुरेन्द्र पौडेललाई नगद सहित सम्मान गरिएको हो ।