
बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १६औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेसनबाट बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
नयाँ गठन गरिएको समितिको उपाध्यक्ष जीवलाल न्यौपाने, सचिवमा याम प्रसाद शर्मा , कोषाध्यक्ष कमल काफ्ले र सहसचिव गोपाल नेपाल निरविरध निर्वाचित भएका हुन । यस्तै सदस्यहरु गोबिन्द गुरुङ, मिना कडेंल, रमा ज्ञवाली, मदन काफ्ले, जगदीश गहिरे र लेखनाथ बेलबासे चयन भएका छन् । यस्तै समितिको लेखा संयोजक कृष्णप्रसाद उपाध्याय र सदस्यहरुमा हरि न्यौपाने ,संदेश चापागाईं चयन भएका हुन ।