निरन्तर सचेतना, अनुगमन अभियान संगै बुटवलमा धेरै सुधारका काम भए: उपप्रमुख अर्याल

बुटवल , पुस–रुपन्देही डेरी व्यवसायी समितिको १६ औ बार्षिक साधारण सभा तथा ७ औ अधिवेसन गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाको निरन्तर सचेतना, अनुगमन अभियान संगै बुटवलका धेरै सुधारका काम भएको बताईन् । उनले दुधको गुणस्तर पछिल्लो समयमा कायम गर्ने कुरामा व्यवसायीहरु सचेत हुँदै गएको भन्दै यसलाई पूर्णरुपले पालन गर्नको लागि आग्रह समेत गरिन् । बुटवलले गुणस्तरियतामा देशमै नमुना ब्रान्ड बनाउनेतर्फ लागिरहेको भन्दै उप प्रमुख आर्यालले उप प्रमुखको कार्यअधिकार भित्र पर्ने अनुगमन लाई अझ कडाईका साथ लैजादै उपभोक्ता को स्वच्छ, सफा, गुणस्तरिय बस्तु उभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै लैजाने बताएकी थिईन् ।

बुटवलको सौन्दर्यकरणको लागि नगरकार्यापालिकाबाट नै एक रुपता ल्याउन १० वाई ३ फुटको बोर्ड सबैले राख्न पाउने निर्णय भएको भन्दै उनले त्यो बाहेक अन्य अनावश्यक विज्ञापन सहितका बोर्ड राख्नेले तोकीएको शुल्क तिर्नुपर्ने बताईन् । उनले बुटवल सुधारको बाटोमा अगाडी बढेको जानकारी दिदै थितिकायम गर्न केही समय लाग्ने र यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताईन् । उनले भनिन्–‘व्यवसायीहरुको सकारात्मक कदमको लागि नगरपालिका साथ र साथ, हातमा हात मिलाएर अगाडी बढ्न तयार छ, नगरपालिकामा सबैलाई स्वागत समेत गर्दछौं ।’ उनले भनिन्–‘अव बुटवल बजार सौन्दरयकरण गर्ने छौं, बुटवल लाई कसरी राम्रो छ, भन्ने हामी तयारी छौं । ’

नगरपालिका सबैको साझा अभिभावक भएको भन्दै उनले कसैलाई काखा, कसैलाई पाखा भन्दा पनि समान व्यवहार गर्ने तर्फ नगरपालिका सदैभ तयार रहेको बताएकी थिईन् । किसान सबै लाई अगाडि बढाउ नगरपालिका नसकीरहेको भन्दै उनले अवको क्रान्ति भनेकै कृषि क्रान्ति भएकोले दुध र दुग्दजन्य बस्तुको विविधीकरण, बजारीकरणको लागि नगरपाकिलाले के कस्तो साथ दिनुपर्ने हो, नगरपालिका तयार रहेको बताएकी थिईन् ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यवसायीहरुलाई कच्चा पदार्थको दुध मात्रै विक्रि वितरण भन्दा पनि दुधको विविधिकरण सहित उपभोक्ता जागरणमा लाग्नको लागि डेरी व्यवसायीहरुलाई आग्रह गरे । उनले अव विक्रि वितरण मात्रै नभएर उत्पादनमा समेत लाग्नको लागि आग्रह गरेका थिए ।


कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संस्थाका संस्थापक अध्यक्ष भुवनेश्वर न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल , खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मह्ेन्द्र पोखरेल, मासु व्यववसायी समिति रुपन्देहीका अध्यक्ष विशाल थापा लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामकृष्ण शर्माले डेरी व्यवसायीहरुको एकरुपताको लागि मुल्य सूची राख्ने सहित सूचना, जानकारी मुलक बोर्ड एकैप्रकृतिको, एकै साईजको राख्ने गरी योजना बनाइएको बताएका थिए । डेरी व्यवसायी समिति आफैले नै व्यवसायीहरुको निरन्तर अनुगमन गर्दै आएको जानकारी दिदै उनले यसबाट पनि डेरी व्यवसायीहरु सुधारको बाटो लागेको बताएका थिए । उनले बजारमा अवैध रुपमा मिसावट युक्त दुध आएकोमा व्यवसायीहरुकै पहलमा गैरकानूनी दुध आयात रोक्नको लागि समेत समितिले पहल गरेको बताएका थिए । अध्यक्ष शर्माले बजारमा गुणस्तर नभएको, विना ईजाजत, दर्ता विना सञ्चालन भएका पसल मापदण्ड अनुसार सञ्चालनको लागि पहल गर्ने कानून विपरितलाई कानून बोजिम कारवाहीको लागि सिफारिस गर्ने सम्मका कार्य जारी राखेको बताएका थिए ।
समितिको अधिवेसन बाट नयाँ नेतृत्व समेत चयन हुँदै छ ।

© 2025 krishipatra All right reserved