
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यालय कृषि उपज केन्द्र बजार बुटवल–६ सब्जी मण्डीमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरिएको हो संस्थाका सदस्य तथा अग्रज सदस्य रामकुमार कसौधन लाई प्रमुख अतिथि बनाएर गरिएको साधारण सभामा बोल्दै संस्थाका सल्लाहका तथा बुटवल उपमहानरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवल सब्जी मण्डले वडाकै पहिचान स्थापना गरेको बताए । उनले मण्डमा कानून अनुसार अहिले टेन्डर आह्वान गरेर अगाडी बढ्ने काम भएको भन्दै कानुन अनुसार सबैको सहमातीले यो कार्य भएको बताए । व्यवसायीहरुको पक्षमा नगरपालिका जहिले पनि सकारात्मक भएको भन्दै उनले व्यवसायीहरु संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष , सल्लाहकार तथा बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुषाल, संघका पुर्व अध्यक्ष वजिर शाह, निर्वतमान अध्यक्ष तथा सल्लाहकार केशव कुँवर, सल्लाहकार भिमकान्त पन्थी, कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद पाण्डे लगायतले शुभकाकामना दिएका थिए ।
कार्यक्रममा लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कृषि बस्तु फलफुल तरकारीको माग र आपूर्तीको सुक्ष्म विश्लेषण गर्दै स्वदेशमा उत्पादित बस्तुहरुको बजारिकरण संमवेदनशील भएर लागेको बताएका थिए । संस्था स्थापना पश्चात व्यवसायी एकता मात्र गरेनौ बुटवल कृषि उपज निर्माणमा अगुवाई गरी लगानी गरेको जानकारी दिदै उनले बुटवलको गहनाको रुपमामात्र होइन यसलाई देशको ठुलो कृषि बजारको रुपमा स्थापित गराएको बताएका थिए ।
उनले भने–‘आज हामी व्यवसायमात्र गरेका छैनौं उत्पादन पनि गरेका छौं। हाम्रा सामु बजारिकरणलाई समस्या सृजना भएको छ ।’ यसको समधानका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकताबद्ध भई अगाडी बढ्न अनुरोध गरेका छन् । व्यवसायीहरुको एकता नै आजको आवश्यकता रहेको भन्दै अध्यक्ष भुषालले हाम्रो संस्था यहाँसम्म आइपुग्दा संस्थाको उचाई आफैमा गरिमामय कार्यकुशलाता पुर्वक सम्पन्न गरेको बताएका थिए । उनले सबैका बिच एकता कायम गर्दै परिस्थितीलाई सामान्य बनाउँदै लैजान आजको माग रहेको बताएका थिए । कार्यक्रममा संस्थाका महासचिव मेघनाथ पौडेलले महासचिवको प्रतिवेदन, कोषाध्यक्ष मनिष कुमार बर्णवालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत मानवसेवा आश्रम बुटवलमा नियमित रुपमा तरकारी तथा फलपुल सहयोग गर्दै आएको छ । यस्तै बुटवलको गौशाला, अपाङ्गता आश्रम लगायतलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तादन कार्यक्रम समेत गर्दै आएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।