तरकारी बीउ उत्पादक किसानसंग अन्तरक्रिया

बुटवल , पुस– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा बाली बस्तु विशेष बहुसरोकारवाला मञ्च बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि सचिव डा. नर्मता सिंहले तरकारीको बीउ उत्पादन गर्ने किसान, व्यवसायीहरुको समस्याको विषयमा प्रदेश सरकार गम्भिर रहेको भन्दै आएका समस्या समाधानको लागि पहल गरिने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटाले बीउ उत्पादन गर्ने किसानहरु भन्दा तरकारी सिंधै ताजामा बेच्दा फाईदा हुने गरी किसानबाट आएको गुनासो समाधानको लागि सबै तह मिलेर निश्चित योजना बनाउनुपर्ने बताए । उनले किसानहरुको समस्या नै सरकारको समस्या भएको भन्दै समस्या सधानको लागि सबै जनाले साझ पहल गर्नुपर्ने धारणा राखेका थिए ।
लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख घनश्याम चौधरीले किसानहरुको समस्या समाधानको लागि सबै जना योजना बनाएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा निर्देशनालयका कृषि प्रसार निर्देशक राम प्रसाद पाण्डे, बागवानी विकास निर्देशक सन्देश धिताल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय आलु , तरकारी तथा मसला बाली केन्द्रका प्रमुख जानुका पाण्डीत र तरकारी बिउ उत्पादन केन्द्र चापा रुकुम पश्चिका फार्म प्रमुख पदम बहादुर सुवेदीले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा रोल्पा, रुकुम पुर्व र प्यूठान जिल्लाका तरकारी बीउ उत्पादनमा संलग्न फार्म, समुह वा सहकारीका अगुवा किसान ३÷३ जनाको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved