
बुटवल ,पुस–बीउ उत्पादक संमन्वय समिति रुपन्देहीले लुम्बिनी प्रदेशका कृषि सचिव नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला बीउ उत्पादक संमन्वय समितिरुपन्देहीका अध्यक्ष शिवराज न्यौपाने सहितको टोलीले बुटवलमा एक कार्यक्रममा भेटि प्रदेशका कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटा सहित कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सरकारले हालै मात्रै ल्याएको बीउ विजन संमन्बन्धी ऐन र निमावालीले बीउ उत्पादन गर्ने अवस्थामा नै रोक्ने प्रकृतिको भएको उल्लेख गरिएको छ ।
पछिल्लो पटक बिउ बिजन ऐन र नियमावली नारी भए लगतै बाली निरीक्षण र नमुना संकलन तोकिएको प्राविधिकबाट मात्र गराउनुपर्ने व्यवस्था भएको र विशेष गरी बिउ बिजन प्रयोगशाला भैरहवाको कार्यक्षेत्र पर्ने जिल्लाहरुमा सेवा प्रवाह गर्दा सो कार्यालयमा समेत तोकिएको प्राविधिक अभावको कारण उन्नत स्तरको बिउ उत्पादन क्षेत्रमा बाली निरीक्षण र नमुना संकलन गर्न नसक्ने अवस्थाले जटिल समस्या निम्त्याउने निश्चित छ भएको ज्ञापन पत्रमा उल्लेख छ ।
हाल सम्म राजस्व भुक्तान गरी सेवा लिइरहेकोमा सेवा प्रदायक कार्यालयबाट सेवा नपाउने समस्या त छदैछ यसलाई सहजिकरण गर्ने भन्दै निजी बाली निरीक्षक र नमुना संकलकहरु तोकिए पनि अधिकांस बिदेशमा साथै विभिन्न कार्यालयमा कर्मचारीका रुपमा कार्यरत रहेकोले यस क्षेत्रमा समय दिन नसक्ने अवस्था सृजना भईसकेको बीउ उत्पादक संमन्वय समितिको भनाई छ ।
प्राविधिक अभावमै यस ऐन र नियमावली जारी हुनुले हामी बीउ व्यवसायीहरुलाई चिन्तित तुल्याएको र सरकारले एकातिर उत्पादनमा जोड दिनुपर्ने भन्छ भने अर्को तर्फ जनशक्तिकै अभावमा विभिन्न अंकुश लाउने काम गरेकोमा गम्भिर ध्यानकर्षण गराइएको छ ।
बीउ व्यवसायीहरुले उत्पादन गरीरहेको बीउ निरीक्षण र नमुना संकलन नहुने अवस्थाले खाद्यान्नमा विकी गर्नुपर्ने अवस्था सृजना भयो भने बिउ विजन उत्पादक लगानी, बैंकको ऋण तिर्न नसकी बैंक समेत धरासायी हुने र सरकारको बीउ उत्पादन प्रतिस्थापनमा समेत असर हुने देखिने ज्ञापन पत्रमा उल्लेख छ । समस्याको समाधान हुने गरी बीउ विजन प्रयोगशालाबाटै सहज रुपमा सेवा प्रवाह हुने गरी व्यवस्था मिलाउनको लागि ज्ञाप पत्रमा माग गरिएको छ । बाली निरीक्षक तथा नमुना संकलक समयमै उपलब्ध गराउन समन्वय गरिदिनको लागि पनि समितिले आग्रह गरेको छ । विउ विजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवन ललितपुर, कृषि विकास निर्देशनालय, बुटवल, बिउ बिजन प्रयोगशाला, भैरहवा कृषि ज्ञान केन्द्र रुपन्देही, कृषि ज्ञान केन्द्र नवलपरासी, कृषि ज्ञान केन्द्र कपिलवस्तु लाई समेत ज्ञापन पत्रको बोद्धार्थ दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रदेश कृषि सचिव डा. सिंहले किसानको समस्या समाधानको लागि सरकारले योजना बनाएर लाग्ने प्रतिवद्धता जनाएकी थिईन् ।