
बुटवल, जेठ । बुटवल उद्योग बाणिज्य संघले यहि पुस ३ गते देखि १८ गते सम्म बुटवल मण्डपमा औद्योगीक व्यापार मेला–२०८१ गर्न गैरहेको छ । सोमबार मेला स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी मेला मुल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले मेलाको तयारी पुरा भएको जानकारी दिए । मेलाले यो बर्ष प्रत्येक टिकटबाट शिक्षा, स्वाथ्य क्षेत्रमा १÷१ रुपैयाँ, पर्यटन र खेलकुदमा ५० पैसा छुट्टाइएको जानकारी दिए । मेलाबाट विक्रि भएको टिकटको एक रुपैयाँ गौशाला तथा छाडा चौपाया व्यवस्थापनको लागि विनियोजन गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।
कृषिमा यो पटक कृषि जन्य उत्पादनको साथै व्यवसायीकीकरणको लागि छुट्टै कृषि पेभिलियन राखिने भएको छ । यस्तै कृषि, हस्तकलाको प्रर्वद्धनको लागि सहुलियत दरमा स्टल समेत उपलब्ध गराइएको छ । कृषि पेभिलियनमा छुट्टै कृषक चौतारी राखेर त्यहाँबाट किसानालई कृषि परामर्स, सेवा प्रदान गरिने समेत योजना बुटवल उद्योग बाणिज्य संघले बनाएको छ । जसको लागि विषय विशेषज्ञ राखेर नै किसानहरुको लागि परामर्स प्रदान गरिने कृषि पेभिलिनय संयोजक मो. याकुवले जानकारी दिए ।
मेला प्रवेशको लागि ७० रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ टिकट व्यवस्था गरिएको छ ।