
बुटवल, मंसिर । अखिल नेपाल किसान महासंघ अन्र्तगत रहेका १५ वटा किसान संघको लुम्बिनी प्रदेश स्तरिय अधिवेसन बुटवलमा सुरु भएको छ । अखिल नेपाल किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा संयुक्त अधिवेसन उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव बाबुरा थापाले किसानहरुको एकता अहिलेको आवश्यकता रहेको बताएका थिए । उनले सबैको हित र एकताको लागि किसानहरुको हितमा सबैजनाल हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य लिला गिरीले मुख्यवक्ताको रुपमा बोल्दै किसानहरुको हितमा सरकारले गरेका कामको प्रसंसा गर्नुपर्ने बताएका थिए । किसान बाँचेमा मात्रै विश्व ब्रहमाण्ड बाँच्ने भन्दै उनले किसानको हितको लागि सरकराले किसानमैत्री नीती ल्याउनुपर्नेमा जोड दिए । यस्तै लुम्बिनी प्रदेशको पुर्व कृषि मन्त्री तथा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी ईन्चार्ज आरती पौडेलले किसानको पक्षमा निरन्तर खबरदारी आवश्यक रहेको बताईन् । किसानलाई जहिले पनि तल्लो स्तरबाट हेरिने मानसिकता परिर्वतनको खाँचो भएको बताएकी थिईन् । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्ययक्ष यज्ञ गैरे, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्ययक्ष महेन्द्र गिरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कफि उत्पादक किसान संघ, मौरी पालक किसान संघ, फलफुल उत्पादक किसान संघ, नर्सरी तथा पुष्प उत्पादक किसान संघ, सिंचाई तथा जल उपभोक्ता किसान संघ, तरकारी उत्पादक किसान संघ को अधिवेसन बुटवलमाभएको हो ।यस्तै युवा किसान संघ नेपाल, जडीबुटी उत्पादक किसान संघ नेपाल, माछा पालक किसान संघ नेपाल, पशुपालक किसान संघ नेपाल, पंक्षीपालिका किसान संघ, दुग्ध उत्पादक किसान संघ, खाद्य बाली उत्पादक किसान संघ समेत अधिवेसन गरिएको अखिल नेपाल किसान महासंघ लुम्बनी प्रदेश अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।