सुस्ताकाे नारायणी नदिमा ५१ हजार माछाका भुरा छाडियाे

बुटवल, मंसिर।
विश्व मत्स्य दिवसकाे अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निरदेशनालय काे आयाेजनामा पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा रहेकाे नारायणी नदिमा माछाका भुरा छाडिएकाे छ ।
प्रदेश सभा का कृषि, बन तथा वातावरण समितिको सभापति विश्व प्रेम पाठकले प्रकृतिको संरक्षणमा सबैजना लाग्नुपर्ने बताएका थिए ।
नारायणी नदी तटको अनुमा घाटमा रहु र नैनी जातका ५१ हजार माछाका भुरा छोडी विश्व मत्स्य दिवस मनाइएको छ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवल मत्स्य विकास केन्द्र समसेरगंज बाँके, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी लगायतका निकायहरुको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रवेश सिंह कुँवरले गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा कृषि वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठक प्रमुख आथित्यता एवम् सुस्ता गा पा उपाध्यक्ष गीता चौधरी विज्ञ केन्द्र प्रमुख श्रवण कुमार चौधरी लगायत आयोजक निकायका प्रमुखकाे आतिथ्यता एवम् कर्मचारीहरु जन प्रतिनिधिहरु मत्स्य पालक कृषक हरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।
कार्यक्रममा विश्व मत्स्य दिवसले जलीय विविधता संरक्षण सम्बन्धी जन चेतना अभिबृद्धिमा पुर्याउन सक्ने टेवा र महत्वका विषयमा प्रकाशपारेका थिए ।

© 2024 krishipatra All right reserved