विश्व मत्स्य दिवसमा डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो

बुटवल मंसिर– विश्व मत्स्य दिवसको अवसरमा भैरहवामा अन्तरक्रिया तथा खोलामा १० हजार माछाका भुरा छाडीएको छ । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना रुपन्देही र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन सोत केन्द्र भैरहवाको आयोजानमा ओमसतिया ४ मा रहेको डन्डा खोलाठुलाबालापुरखोलामा १० हजार माछाका भुरा छाडीएको हो । भुरा छाड्नभन्दा पहिला आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन सोत केन्द्र भैरहवाका मत्स्य विकास अधिकृत तथा नेपाल फिसरीज टेक्निसियन एसोसिएसन(नेफ्टा) का केन्द्रीय अध्यक्ष,  रमेश जैसवालले माछाको संरक्षण तथा प्रर्वद्धनमा सबैजना जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै सरोकारवाला निकायले किसानहरुले माछा पालन गर्दै आएपनि उचित बजार, यन्त्र, उपकरण नपाएको गुनासो गरेका थिए । कार्यक्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयनएकाई रुपन्देहीका प्रमुख नारायण काफ्लेले जिल्लामा माछा सुपरजोन सञ्चालन गरिएको जानकारी दिदै किसानका सामस्या समाधानको लागि स्थानीय पालिका, प्रदेश सरकार र स्थानीय तहका विचमा सहकार्य गर्दै जाने बताएका थिए ।


खोलामा माछा छाड्ने कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका उप प्रमुख रामकृपाल धोबी ,सहित कृषि ज्ञान केन्द्र,  कृषि अनुसन्धान कार्यक्रम लगायतका निकायहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहयोगी संस्थाको रुपमा नेपाल मत्स्य व्यवसायी संघ जिल्ला समिति रुपन्ेही, नेपाल फिसीरिज टेक्नीसीयन एशोसीयसन रुपन्देही, माछा सुपरजोन सञ्चालक संमन्वय समिति रहेको थियो ।

© 2024 krishipatra All right reserved