मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चित सम्झौता

बुटवल,६ मंसिर । बुटवल स्थित पशु बधशाला सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टक बैंक र विभिन्न कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरू खासीबोका खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं १० रामनगर स्थित पशु बधशालामा आयोजित एक कार्यक्रमकाबीच बुटवल खसीबोका खरिद सुनिश्चितता सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सुचना अधिकारी तथा महाशाखा प्रमुख तुलसा अर्यालले उपभोक्ताहरूलाई स्व्च्छ र गुणस्तरीय मासु खुवाउने उदेश्यले उपमहानगरसहित,प्रदेश सरकार,संघीय सरकारको लगानीमा बुटवलमा आधुनिक बधशाला निर्माण गरिएको भन्दै यसबाट बुटवलवासी मात्रै नभएर देशभरिका उपभोक्ता लाभान्वित हुने बताइन् ।
२०७० सालदेखि बिभिन्न चरणमा छलफल तथा बिधि र प्रक्रिया पुरा गरी बुटवलमा आधुनिक बधशाला निर्माण भएको भन्दै उनले स्वच्छ मासु उपभोग गर्न पाउने अधिकार प्रति उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिइन् । मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष तथा मुक्तीनाथ विकास बैंकका सञ्चालक समेत रहेका उमेश आचार्यले अहिलेसम्म यस क्षेत्रका १० सहकारी संस्थाहरूसँग सम्झौता भैसकेको जनाउँदै केही सहकारीसँग सम्झौताको क्रममा रहेको बताए ।
बधशाला पुर्ण क्षमतामा सञ्चालन हुँदा बार्षिक दुई अर्ब रूपया शहरबाट ग्रामीण क्षेत्रमा गई ग्रामीण जनताको जिवनस्तर माथि उठ्ने उनको भनाइ थियो । त्यस अवसरमा सहकारी संस्थाका पदाधिकारी र मुक्तिनाथ लाइभस्टक बैंकका अधिकारीहरूबीच अन्तरक्रिया समेत भएको बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
मुक्तनाथ कृषि कम्पनी लुम्बिनी प्रदेश संयोजक निर्मल भुषलाले उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने तथा मासु व्यवसायीहरुलाई मासु प्रसोधन कार्यमा सहज बनाउने अभिप्रायले बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंककी संयुक्त सहकार्यमा बुटवल उपमहानगरपालिका १० रामनगरमा आधुनिक बधशाला सञ्चालनमा रहेको जानकारी दिए ।
उक्त बधशाला संचालनमा आएसंगै कम्पनीले ग्रामिण क्षेत्रका खसीबोका उत्पादक सहकारीहरूसंग खरिद सम्झौता सुरु गरेको छ । दैनिक १००० खसीबोका वध गर्ने क्षमता भएको यस आधुनिक वधशालामा दैनिक २५० देखि ३०० खसीबोका वध भएमा पनि वार्षिक करिव एक लाख खसीबोकाको आवश्यकता पर्ने उनको भनाई छ ।
उक्त बरावरको खसीबोकाको खरिद सुनिश्चितताको लागि ग्रामिण क्षेत्रका केही सहकारी तथा वाखा उत्पादकसँग यस कम्पनीले सम्झौता गरिराखेको छ। खरिद सुनिश्चितता भएपश्चात् किसानहरुले निर्धक्क रुपमा खसीचोका उत्पादन गरि समग्रमा ग्रामिण क्षेत्रमा वार्षिक करिब २ अर्व भन्दा वढीको कारोवार हुने अपेक्षा बैंकले गरेको छ ।
हालसम्म पाल्पा, गुल्मी, अघाखांची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, प्युठान, बांके, बंदिया लगायतका जिल्लाहरुका सहकारीहरु मार्फत खसीबोका खरिद गरिराखेको र यस अभियानलाई खरिद सुनिस्चितता मार्फत देशव्यापी रुपमै लैजान खोजिएको मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश आचार्यले बताए ।
गुणस्तरीय उत्पादनका साधन, कृषकहरुलाई प्रविधि मैत्री र किसानको उत्पादनले उत्पादन गर्नु पूर्व नै बजार सुनुस्चित हुनसके मात्रै कृषकहरुलाई कृषि उद्यमीको रुपमा विकास गर्ने र कृषि पेशालाई थप मयादित एवम् प्रतिस्प्रधी बनाउन सकिने मुक्तिनाथ कृषि कम्पनीका लुम्विनी प्रदेश प्रमुख निर्मल भुसालको बुझाइ रहेको छ ।
सोहि अनुरुप खरिवोकाको क्षेत्रमा खरिद सुनिस्चितता सुरु गरेको छ भने सहकारीहरू माफत किसानलाई गुणस्तरीय उन्नत बोका, खोर सुधार, दाना, रोग निरोधक, डिपिंग ट्यांक, गोट म्याट लगायतका उत्पादनका साधन र प्रविधिको पहुँच पुर्याउने उनले जनाएका छन्। त्यस्तै उत्त्पादित क्षेत्रका स्थानीय तहहरुकोसमन्वयमा किसानलाई अनुदानका कार्यक्रममा समेत जोडदै लैजाने कम्पनीले योजना बनाएको छ। वधशालामा खसीबोका वध गर्नुभन्दा पहिला पशु चिकित्सक मार्फत स्वास्थ्य परिक्षण गरि कम्तिमा १२ घण्टा होल्डिङ सेन्टरमा सिमित खानेकुरा र पानी खुवाई राखिन्छ।खसीबोकालाइ कम तनाव हुने प्रविधिको प्रयोगमार्फत बध गरेपछि अत्याधुनिक उपकरण र तालिम प्राप्त प्राविधिकहरुबाट मासु प्रसोधन पश्चात् अत्याधुनिक प्रयोगशालामा मासु परिक्षण गरी चिस्यान केन्द्रमा राखिन्छ । यसरि चिस्यान केन्द्रमा राखिएको पूर्ण शरीर (धजयभि द्ययमथ) चिस्यान सहितको गाडीमा व्यवसायीहरुको माग अनुसार उनीहरुकै पसलसम्म ढुवानी गरिन्छ र उक्त प्रसोधन गरिएको पूर्ण शरिरलाई ग्राहकको माग बमोजिम व्यवसायीहरुले टुक्राएर विक्रि वितरण गर्ने गरेका छन्। जसबाट व्यवसायीलाइ पनि सहज हुने, व्यवसाय विस्तारमा सहयोग हुने र उपभोक्ताले आफ्नो इच्छा अनुसार आफ्नो पायक पर्ने ठाउँमा बधशालाबाट प्रशोधन गरिएको स्वस्थ र गुणस्तरीय मासु प्राप्त गर्दछन् ।
मुक्तिनाथ लाइभस्टक बैंकले खसीबोकाको मासुको उपभोगलाई वढाई मासु व्यवसायलाई प्रवईन गर्न विभिन्न चरणमा मासु साक्षरता तथा जनचेतना कार्यक्रम अघि सारिराखेको छ । मासु व्यवसायीहरुको सहमतिमा वधशाला भित्र नै खसीबोकाहरुको मौज्दात राखी जिउँदो खसीवोका खरिद गरी प्रसोधन गर्न सकिने तथा प्रशोधित मासु नै खरिद गर्ने व्यवस्था मिलाइएको छ। अर्कोतर्फ व्यवसायीहरुले नै खसीबोका ल्याई प्रसोधान गर्ने भएमा व्यवसायीहरुको स्थानमाट खसीबोका संकलन गरि खसीबोकामा संकेत चिन्ह लगाई कम्तिमा १२ घण्टा होल्डिङ सेन्टरमा राखेपश्चात प्रसोधन गरेर पुनः व्यवसायीहरुको पसलसम्म पुयाउने व्यवस्था रहेको छ । चाडवाडको अवशर पारेर मुक्तिनाथ लाइभस्टक बैंकले व्यवसायीहरुलाई मासु तथा प्रसोधनामा विभिन्न छुट समेत प्रदान गरेको छ।
व्यवसायीहरुको पसल सुधार तथा व्यवसाय सुधारको निमित्त उपमहानगरपालिकाले विभिस्त अनुदान तथा सहुलियतहरु आफ्नो निति तथा कार्यक्रम मार्फत व्यवस्था गरिसकेको छ। जसवाट व्यवसायीहरुलाई व्यवसाय विस्तार गर्न तथा ग्राहकहरुको विश्वसनीयता प्राप्तिमा थप योगदान पुग्ने सुनिश्चित छ ।
मुक्तिनाथ कृषि कम्पनी “कृक्षकसँग मुक्तिनाथ“ र “उपभोक्तासँग मुक्तिनाथ“ अभियान मार्फत कृषि मूल्य बृद्धलामा व्यवस्थापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रसाई संवन बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैत्र सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा २०७५ सालमा स्थापित कृषि क्षेत्रको पहिलो शेयरबजारमा सुचिकृत कम्पनी हो।

 

© 2024 krishipatra All right reserved