बुटवल, मंसिर । विश्व मत्स्य दिवसको अवसरमा सैनामैना नगरपालिका वडा नम्बर ४ मा रेको लेडुवा तालमा स्थानीय जातका माछाका भुरा छाडीएको छ । आईतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा तालमा स्थानीय जातका १० हजार माछाका भुरा छाडीएको हो ।
सैनामैना नरपालिका पशु विकास शाखाको संमन्वयमा भएको कार्यक्रममा बोल्दै नगर पालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले स्थानीय जातका माछा लोप हुने अवस्थामा रहेको भन्दै माछाको संरक्षण गर्नुपर्नेकुरामा जोड दिएका थिए । उनले माछाको संरक्षणको लागि नगरपालिकाले सबै निकाय संग सहकार्य गर्न तयार रहेको समेत बताएका थिए । उनले पोषणको लागि समेत माछाको महत्व रहेको भन्दै ताल संरक्षणमा समेत जोड दिएका थिए ।
यस्तै कार्यक्रममा सैनामैनामा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी, पशु क्वारेन्टाईन कार्यालय रुपन्देहीका प्रमुख डा. झक्त न्युरे ले जलचर संरक्षणमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख दिपक भुषालले स्थानीय निकायसंग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको भन्दै जलचर संरक्षणको लागि संघ प्रदेश र स्थानीय तहको विचमा सहकार्य जरुरीरहेको बताएका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका पशु विकास अधिकृत टुकराज न्यौपानेका अनुसार कार्यक्रममा स्थानीय समाजेवी, सरोकारवाला निकाय विभिन्न व्याक्तित्वको सहभागीता सरेको थियो ।