“आलु र धान जोन सञ्चालन समन्वय समिति गठन

बुटवल, मंसिर-
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको आलु जोनको आलु जोन सञ्चालन समन्वय समिति तथा नवलपरासी पश्चिममा सञ्चालित धान जोनको धान जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ। भैरहवा तथा परासीमा एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो।
प्रधानमन्त्री कृषिआधुनिकिकरण कार्यक्रम भैरहवा का वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमख शिव अर्याल तथा विशेष अतिथिको रूपमा क्वारेन्टिन कार्यालय भैरहवाका प्रमुख शालिकराम पौडेल रहनु भएको थियो।
परासीमा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि ज्ञान केन्द्र, नवलपरासी पश्चिमका प्रमुख डा.रविन्द्रनाथ चौबे रहनु भएको थियो।
आलु जोन सञ्चालन समन्वय समिति गठन कार्यक्रममा रुपन्देहीमा आलु जोन कार्यक्रम कार्यान्वयन भएका ७ वटा स्थानीय तहका विभिन्न वडाहरुमा रहेका कृषि सहकारी संस्था तथा कृषक समूहबाट प्रतिनिधि छनौट भई समिति गठनको लागि आएका थिए।
कार्यक्रममा बाट शुद्धोधन गा.पा-५ मा रहेको महाकल्प कृषि सहकारी संस्थाको अध्यक्ष चिन्तामणि खरेलको संयोजकत्वमा ३ महिला सदस्य सहित ९ सदस्य समिति चयन गरेको छ।


त्यस्तै गरी धान जोन सञ्चालन समन्वय समिति गठन कार्यक्रममा नवलपरासी पश्चिममा धान जोन कार्यक्रम कार्यान्वयन भएका २ वटा स्थानीय तहका विभिन्न वडाहरुमा रहेका कृषि सहकारी संस्था तथा कृषक समूहबाट प्रतिनिधि छनौट भई समिति गठनको लागि आएका थिए।
कार्यक्रममा सुनवल नगरपालिका-२ मा रहेको समावेशी कृषि सहकारी संस्थाको अध्यक्ष श्री धनमाया गौतम क्षेत्रीको संयोजकत्वमा ४ महिला सदस्य सहित ९ सदस्य समिति चयन गरेको छ। आलु जोन सञ्चालन समन्वय समितको संयोजक रुपमा चयन हुनु भएका चिन्तामणि खरेलले जोन कार्यक्रमलाई सफल बनाउन लागि सबै सदस्यहरुसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो।
त्यस्तै धान जोन सञ्चालन समन्वय समितिमा चयन हुनु भएको धनमाया गौतम क्षेत्रीले धान जोन कार्यक्रमलाई उत्कृष्ट जोनको रुपमा विकास गर्न सबै सरोकारवालासँग समन्वय गरी कार्यालयलाई पूर्ण रुपमा सहयोग गर्ने जानकारी प्रतिबद्धता ब्यक्त भयो ।
दूबै कार्यक्रममा अध्यक्षता गर्नु भएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका प्रमुख नारायण काफ्लेले नयाँ चयन भएका आलु जोन तथा धान जोन सञ्चालन समन्वय समितिका संयोजक तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै समितिले जोन क्षेत्र कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएकाले सबै सदस्यहरु एकताबद्ध भएर उन्नत प्रविधिहरु अवलम्बन गर्न तथा विभिन्न समस्याहरुको समयमै समाधान गर्न अग्रसर भएर लाग्न सुझाव प्रदान गरी कार्यक्रमको समापन गर्नु भएको थियो ।

© 2024 krishipatra All right reserved