मासु व्यवसायीलाई बधशालामा सहजीकरण गर्न नगरपालिकाको आग्रह

बुटवल, कार्तिक । बुटवल उपमहानरपालिकाले मासु व्यवसायीहरुले अहिलेको आन्दोलन स्थगन गरी बधशाला सञ्चालनको लागि सहकार्य गर्नुपर्ने जनाएको छ ।
प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पशुबधशालामा मासु व्यवसायी, उद्यमी महिला सहकारी समुह सबैको सहभागीता गराउनको लागि आग्रह गरेको छ । मासु व्यवसायीहरुको पक्षमा नगरपालिका रहेको भन्दै अहिलेको अवस्थामा एउटा कम्पनीलाई ठेक्का दिईसकेको अवस्थामा ५ बर्षको लागि ठेक्का तोडर जान सक्ने अवस्था नभएको भन्दै उपमहानरपालिकाले मासु व्यवसायी समिति, खसी बोका उत्पादन गर्दै आएका महिला उद्यमीहरुको सहभागीता अहिलेको बधशालामा जरुरीरहेको जनाएको हो ।
पत्रकार सम्मेलनको आयोजना गरी बुटवल उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले मासु व्यवसायीहरुले स्थापना भएको बधशाला बहिस्कार गर्ने, बधाशाला बध गरेको मासु विक्रि गर्ने व्यवसायीलाई समितिले धम्की दिने जस्ता काम बन्द गर्न समेत आग्रह गरे ।
उनले मासु व्यवसायीहरुले भने जस्तै सुरुवाती चरणमा सार्वजनिक, नीजी साझेदारी अनुसार सञ्चालन गर्नको लागि मासु व्यवसायीहरुले स्थापना गरेको कम्पनी बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले कानूनी मापदण्ड भन्दा फरक तरिकाले आएको कारण कार्यदलको समेत निर्णयबाट, नगरकार्यपालिकाको बैठकबाट बधशाला सोही अवस्थामा दिन नसकिने भन्दै मनासयबाट ठेक्का रद्द गरिएको जानकारी दिदै पछि पुनः २÷२ पटक सम्म पनि ठेक्को लागि टेन्डर आहन गर्दा उक्त कम्पनी टेन्डरमा सहभागी नभएको कारणले नयाँ ढंगबाट बधशाला सम्झौता भई सञ्चालनमा आएको जानकारी दिए ।

बुटवल उपमहानरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बुटवल १० रामनगरमा रहेको बुटवल औद्योगीक क्षेत्रको जग्गमा २५ बर्षको लागि भाडामा लिएर पशु बधशाला सञ्चालनमा रहेको छ । अहिले मुक्तीनाथ लाईभस्टक बैंकले सञ्चालन गर्दै आएको यो पशुबधशालामा प्रति खसी बोका, पशु स्वाथ्य ऐन अनुसार चेक जाँच गरी मात्रै ७ सय रुपैयाँमा बध गरेर व्यवसायीहरुलाई दिने गरिदै आएको छ ।
मासु व्यवसायी संघ नेपाल रुपन्देहीले आफुले बधशाला सञ्चालन गर्न पाउनुपर्ने माग सहित बधशालाको नजाने घोषणा गर्दै आएका छन् । बुटवल उपमहानपालिका भित्र रहेका ७१ वटा मासु व्यवसायीहरुले मध्ये ४ वटा मात्रै मासु व्यवसायीहरुले रातको समयमा, लुकी लुकी पशु बधशालाबाट मासु ल्याएर विक्रि गर्दै आएका छन् । यसरी स्वाच्छ मासु विक्रि गर्दै आएका व्यवसायीहरुलाई मासु व्यवसायी समिति बाट मासु नबेच्नको लागि ‘धम्की समेत आएको’ भन्दै बुटवल उपमहानरपालिकामा गुनासो गरेका छन् ।


बुटवल उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले स्वाच्छ मासुको कारोबार गर्ने व्यवसायीहरुलाई सिन्डीकेट लगाउँदै मासु नकिन्नको लागि मासु व्यवसायी संघबाट नै धम्की दिने गरेको गुनासो नगरपालिकामा आएको जानकारी दिए । उनले भने–‘मासु बेच्न रोक्नको लागि व्यवसायी समितिबाट नै व्यवसायीहरुलाई धम्की आएको भन्दै नगरपालिकामा गुनासो आएको छ, हामी यो विषयमा पनि गम्भिर भएका छौं । ’
मासु व्यवसायी समितिमा आवद्ध भएका ७ जना व्यवसायीहरुले अहिले पशु बधशालामा बध गरेको स्वच्छ, प्रमाणीत मासु विक्रि गर्दै आएका छन् । दशैंको स्रोह श्राद्ध पछि हाल सम्म ५० लाखको मासुको कारोबार बधशालाबाट भएको छ । एक जना व्यवसायीहरुले ४४ वटा सम्म खसी बोका बधशालामा बध गरेर विक्रि गर्दै आएका छन् ।
बुटवल उपमहानरपालिकाका एक अधिकृतका अनुसार मासु व्यवसायी समितिबाट बधशालाको मासु विक्री गरेको भन्दै व्यवसायीलाई २ लाख रुपैयाँ जरिवाना गर्ने धम्की आएको ति व्यवसायीले गुनासो गरेको बुटवल टडेलाई जानकारी दिए । उनले भने–‘बधशालाको मासु विक्रि नगर्न, समितिबाट नै उर्दीजारी भएको रहेछ, यसमा हामी बेचेको पाइएमा २ लाख जरिवाना गर्ने भन्दै व्यवसायीलाई तर्साउने काम भएको पाइएको छ,’ ती अधिकृतले भने ।
यता, बुटवल उपमहानपालिकाले भने मासु व्यवसायीहरु संग छलफल र संवाद गरी अवको ३ दिनमा लिखित रुपमा मासु व्यवसायीहरुको खास समस्या, के हो, कीन बधशालामा गएर मासु खरिद विक्रि, बध नगर्ने हो, भन्ने विषयमा जवाफ माग गरिएको जनाएको छ । नगरपालिकामा प्रमुख प्रसासकीय अधिकृत मित्र मणि खनालले यो विषयमा सर्वदलिय, सर्वपक्षीय, सर्व व्यवसायीहरुको विचमा छलफल गरी लिखित रुपमा कारण र समस्या समाधानको उपाय खोज गरिएको जानकारी दिए ।


बधशालाको विषयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले कानूनी प्रक्रिया नै पुरा नगरी सुरुवाती चरणमा बधशालामा सहभागी हुन आएको बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालि को कार्यपालिका बैठक बाट २०८०, जेठ ३ गते ठेक्का रद्द गर्ने निर्णय गरेको र पछि दुई पटक सम्म पनि उक्त प्रालि उक्त ठेक्का प्रक्रियामा समावेश नभएको कारण पछिल्लो समयमा मुक्तीनाथ लाईभस्टक बैंकले उक्त बधशाला सञ्चालन गरिरहेको जनाएको छ ।
उपमहानरपालिकाका योजना महाशाखा प्रमुख ईन्जीनीयर सुमन श्रेष्ठले अहिलेको अवस्थामा ५ बर्षको लागि सार्वजनिक खरिद ऐन बमोजिम सेवा सञ्चालनको लागि ठेक्कादिईसकेको अवस्थामा ठेक्का रद्द गर्ने, अर्को कम्पनीले दिने अवस्था नभएको बताए ।
उनले ५ बर्ष पछि नयाँ ढंगबाट जाने समेत जानकारी दिए । मासु व्यवसायीहरुले स्थापना गरेको कम्पनी बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनी प्रालि संगै सुरुवाती दिनमा मासु बध गर्ने अनुमती पत्र नभएको, प्राप्त मात्रामा टेन्डर आह्वान नभएको, सार्वजनिक नीजी साझेदारी अन्र्तगत व्यवसायीहरुले सञ्चालन गर्न दावि पेश गर्दा कानूनीरुपमा व्यवसायीहरुको लगानी नभएको, सञ्चालनको लागि पनि व्यवसायीहरुले कुनै पनि लगानी नगरेको, साथै बीड डकुमेन्ट पेश गर्दा बर्षको निश्चित रकम भन्दा पनि नाफाको ५ प्रतिशत मात्रै दिने गरी बीड प्रस्तुत गरिएको लगायतका कारण देखाउँदै कार्यपालिका बैठक बाट उक्त ठेक्क सम्झौता मनासय रद्द गरिएको थियो ।

© 2025 krishipatra All right reserved